adobe acrobat pro dc buy free microsoft office 2010 crack youtube free google translate free for pc windows 10 autodesk 3ds max 2015 requirements free microsoft word 2016 drop down list not working free battleground pc game windows 8.1 pro licence key free
Home > समाचार > आठ वर्षपछि महिला पक्राउ

आठ वर्षपछि महिला पक्राउ

जाजरकोट :

लागूऔषध मुद्दामा आठ वर्षदेखि फरार रहेकी जाजरकोटकी एक महिला पक्राउ परेकी छिन्।

जिल्लाको नलगाड नगरपालिका-३ बस्ने ६७ वर्षीया ओमकुमारी थापालाई प्रहरीले पक्राउ गरेको हो।

लागूऔषध चरेश मुद्दामा जिल्ला अदालत बाँकेको २०७१ मंसिर २५ गते उनलाई एक वर्ष तीन महिना कैद सजाय तोकिएको थियो।

तर उनी फरार हुँदै आएकी थिइन्। गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारेको थियो।

पक्राउ परेकी थापालाई जिल्ला अदालतमा उपस्थित गराई आइतबार नै अदालतको आदेशमा कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष निरौलाले बताए।

Leave a Reply

Your email address will not be published.