मलाई चर्चित हैन, लोकप्रिय बन्नु छ’ – मोडल रियाशा दाहाल

पछिल्लाे समय निकै चर्चा कमाएकि माेडल हुन् रियाशा दाहाल । करिब तीन वर्षअघि युट्युबमा रोडिज प्यारोडी आयो । जसको पहिलो भिडिओ नै युट्युब ट्रेन्डिङमा प¥यो । यसका कलाकारको अभिनय धेरैले मन पराए । अहिले पनि त्यसका कतिपय कलाकार युट्युब स्टार, कलाकार तथा मोडलका रूपमा खुव रुचाइएका छन् । जस मध्य एक हुनुहुन्छ रियाशा दाहाल ।

प्यारोडी–कमेडीबाट कला क्षेत्रमा होमिएकी रियाशा अभिनयमा लोभ लाग्दो प्रतिभाको रुपमा उदाएकि छिन्। विशेषगरी उनी युवा वर्गमा निकै लाेकप्रिय बनेकि छिन् ।

पछिल्लो समय रियाशा मोडलिङमा यसरी जम्दै गएकि छिन्, उनका हरेक म्यूजिक भिडियो युट्युब ट्रेन्डिङमा छन् । अभियनयमा जसरी चञ्चले, छिटो छिटो बोल्ने, छुच्ची देखिएपनि वास्तविकतामा केहि फरक रहेको उनेले बताएकि छिन् ।
कलाकार तथा मोडल रियाशा दाहालले आफुलाई छोटो समयमा दर्शकले रुचाएको भन्दै खुशी व्यक्त गरिन् । कोरोनाको कहालीकाबीच पनि दाहाललाई म्युजिक भिडिओबाट फुर्सद छ्रैन । बीबीए पढाइ सकेर बसेकी रियाशा आफु कलाकारिता योजनावद्ध नभई एकाएक प्रवेश गरेको बताएकि छिन् ।

कलाकार चर्चित हुनु र लोकप्रिय हुनुमा के फरक हुने रहेछ भन्ने कार्यक्रम प्रस्तोता राजिब खत्रीको प्रश्नमा दाहालले फरक रहेको स्पष्ट पार्दै आफु आफुलाई कामले जितेर लोकप्रिय बन्ने इच्छा रहेको उनकाे भनाइ रहेकेा छ ।

प्रकाशित मिति १९ आश्विन २०७७, सोमबार ०२:१७