रानु मण्डलको यात्रा सडक देखि चर्चाको शिखर र पुन सडक सम्म : कोरोना कहर

काठमाडौ । सडकमा गीत गाउँदै हिड्ने रानु मण्डल एक वर्ष अघि एकाएक स्टार बनिन् । उनले सडकमा गीत गाउँदै हिडेको भिडियो सार्वजनिक भएपछि अवसर पाइन् । रेल्वे स्टेशनमा बसेर गीत गाउने रानु मण्डलको भाग्य सन् २०१९ मा एकाएक बदलिएको थियो । तर फेरी लकडाउनका कारण उनको जिन्दगी उस्तै भएको छ ।

सामाजिक सञ्जालमा रानुले गीत गाउँदै गरेको एक भिडियो भाइरल भएपछि उनको खुब चर्चा भएको थियो । रानुले लता मंगेशकरको गीत गाएकी थिइन् । भाइरल भएपछि उनको भविष्य बदलिएको थियो । तर, कोरोना भा’इरसका कारण रानुको जीवन पुनः उस्तै अवस्थामा पुगेको छ ।

भारतीय समाचार संस्था न्यूज १८ का अनुसार रानुले आफ्नो नयाँ घर छोडेर पुरानो घरमा गएकी छिन् । रानुसँग यतिबेला कुनै काम छैन । बलिउडमा काम नहुँदा उनको आर्थिक अवस्था पुनः खराब हुँदै गएको छ । जसकारण उनी पुरानो घरमा फर्किएकी छिन् ।
यसअघि रानु मण्डल भाइरल भएपछि हिमेश रेशमियाले उनलाई गीतमा मौका दिएका थिए । त्यसपछि उनको थप चर्चा भएको थियो । एकपटक रानु मण्डल बढी मेकअप गरेका तस्वीर सार्वजनिक भएपछि पनि चर्चामा आएकी थिइन् ।

प्रकाशित मिति २६ आश्विन २०७७, सोमबार ०७:५९