खोकी लाग्ने र ज्वोरो आउने भएको छ भने सामान्य नसोच्नुहोस।बेलैमा यस्ता घरेलु उपचार गरी आउने ठुलो रोगबाट बच्नुहोस।बेवास्ता नगरौ।

निमोनिया जीवाणु सं’क्रमण भाइर’सका कारण फैलिने गर्छ । यो एकप्रकारको गम्भीर रोग भएकाले यसबाट हरेक वर्ष लाखौँ मानिस मु’त्युको मुखमा पुग्ने गर्छन् । निमोनिया एक सं’क्रामक रोग हो ।खोक्दा, हाच्छ्युँ गर्दा, वा श्वासप्रश्वासको ओहोर–दोहोरबाट यो रोग एकबाट अर्कामा फैलिने गर्छ । धेरै व्यक्तिमा निमोनियाको लक्षण देखिने गर्दैन, तर ती मानिसले निमोनिया फैलाउन सक्छन् । त्यसकारण पनि यसको लक्षणबारे जानकारी लिन

आवश्यक छ ।निमोनियाको लक्षण:खोकी लाग्ने,ज्वरो आउने,टाउको दुखाइ,श्वासप्रश्वासमा समस्या,छाती दुखाइ,मासंपेशीको दुखाइ,उल्टी हुने,चक्कर लाग्नेनिमोनिया एक घातक रोग हो । यसको उपचारको लागि घरमा एन्टिबायोटिकको प्रयोग गर्न सकिन्छ । तर, धेरै अवस्थाका अस्पताल भर्ना हुन आवश्यक पनि हुन्छ । स्वस्थ जीवनशैली अपनाएर निमोनियाको जोखिमलाई घटाउन सकिन्छ

। तल प्रस्तुत छन्ः निमोनियाबाट बच्नका लागि घरैमा गर्न सकिने केही प्रभावकारी उपचार :
बेसार वा अदुवाको चियाको पिउनुहोस्:निमोनिया रोगका लागि बेसार वा अदुवाको चिया खानाले छातीको दुखाइ वा टाउको दुखाइको समस्यामा राहत आउँछ । पकाएको बेसार वा अदुवाको छेक्रा खाँदा स्वास्थ्यका लागि धेरै फाइदा गर्छ ।
मरिचको चिया पिउनुहोस्:छाती दुखाइमा मरिचको चियाले भित्रसम्म पुगेर काम दिने गर्छ । मरिचको

तातो चिया पिउनाले घाँटीमा हुने खसखसाहटको समस्या हल हुन्छ ।कफी पिउनुहोस्:तातो कफी पिउनाले निमोनियाको कारण हुने श्वासप्रश्वासको समस्यालाई कम गर्ने गर्छ । कफीमा पाइने क्याफिन फेफडोले भित्री भागसम्म पुगेर श्वास फेर्न सजिलो हुन्छ ।महको सेवन गर्नुहोस्:महमा एन्टिब्याक्टेरियल,

एन्टिफइंग र एन्टिओक्सिन्टजस्ता विशेषता रहेका हुन्छन् । जसले निमोनियाबाट हुने कफलाई कम गर्छ । गिलासको एक चौथाई पानीमा १ चम्चा मह पानी मिलाएर हरेक दिन पिउनाले निमोनियाबाट छुटकारा पाउन सकिन्छ ।तातो सुप पिउनुहोस्:सुप मौसमी सब्जीहरूबाट बनेको हुन्छ । सुप पोषक तत्वको एक स्रोत हो, जसले सं’क्रमणसँग ल’ड्नका लागि आवश्यक शक्ति प्रदान गर्दछ । तातो सुपले शरीरलाई न्यायो प्रदान गर्दछ ।

प्रकाशित मिति २२ कार्तिक २०७७, शनिबार २१:२७