यिनी हुन आईबेरिकोष्टका नागरिक फ्लोरेन्ट कोअर । उनि विगत चार वर्षदेखि नेपालमा व्यवसायिक फुटबल खेलिरहेका छन् । सन् २०१५ मा नेपाल आएर विभिन्न क्लबसँग आबद्ध भई फुटबल खेलिरहेका उनि अहिले मनाङ मर्स्याङ्दी क्लबमा आवद्द छन् ।
उनि यो बीचमा नेपाली भाषामा कुराकानी गर्न सक्ने समेत भएका छन् भने उनलाई नेपालमा नै आफ्नो बाँकी जिवन बिताउन मन थियो । तर यो बीचमा विश्वव्यापी रुपमा फैलिएको कोरोना माहामारीले गर्दा उनको सपना सोचे जसरी अगाडी बढ्न सकेन ।
उनि मात्र हैन,।
नेपालमा विभिन्न क्लबहरुले विदेशी फुटबल खेलाडीहरुलाई आफ्नो क्लबमा व्यवसायिक रुपमा सामेल गराएर फुटबल खेलाईरहेका छन् । यो बीचमा भएको लकडाउनले नेपालमा रहेका
विदेशी खेलाडीहरुको बिचल्ली भएका विभिन्न खबरहरु सार्वजनिक भए लगत्तै आज हामीले कार्यक्रम मार्फत उनिहरुको यथार्थ समस्या बुझ्ने प्रयास गरेका छौं ।
खासमा उनिहरुले भोगेको पिडा कस्तो हो ? किन उनिहरु आफ्नो देश फर्कन सक्ने अवस्थामा समेत छैनन ? यस्तै विभिन्न सन्दर्भमा रहेर दिबस खनियाले फ्लोरेट कोअरसँग नेपालमा रहेका विदेशी फुटबल खेलाडीहरुको प्रतिनिधीको रुपमा उनिहरुको खास पिडालाई केन्द्रबिन्दु बनाएर गर्नुभएको कुराकानी । थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।