लोग्ने छोडौँ माया लाग्छ, नछोडौँ…

तपाईंहरुको मूल्यवान् समय खेर नफालूँ भनेर मेरो समस्यालाई छोटकरीमा लेख्ने प्रयास गरेकी छु। मेरो बिहे भएको एक वर्ष भयो तर सोचेकोजस्तो कहिल्यै पनि भएन। सधैँ घरझ’गडा भइरह्यो, हामी श्रीमान्–श्रीमतीबीच।
झग’डाको कारण सधैँ एउटै हुन्थ्यो। मेरा श्रीमान् ला’गुऔषध से’वन गर्नुहुन्थ्यो। बिहे गर्ने सोच त थिएन तर मेरो माइती र घर दुवै पक्ष पहिले पुरानो

चिनजान भएकाले आमा–बाबा आफन्तले बिहे गर्न कर गर्नुभयो। शुरुमा त मैले बिहे गर्न इन्कार गरेँ। पछि बिहेका लागि राजी नभई सुखै पाइनँ।
जहिले पनि छिटो रिसा’उने, रिसमा अ’पशब्द प्रयोग गर्ने मात्र होइन, प्रायः कु’ट्पिट् त गरिहाल्नु हुन्छ।
बिहे भएको ४/५ महिना गुज्रि’एपछि भने बिस्तारै सबै कुरा थाहा पाउँदै गएँ। श्रीमान्ले ला’गुऔषध प्रयोग गर्ने गरेकोबारे थाहा नदिन सुरुसुरुमा मेरो अघिल्तिर चुरोट खान पनि असहज मान्नु हुन्थ्यो। श्रीमान्लाई पहिले पनि सुधारगृह राखिसक्नु भएको रहेछ भन्ने कुरा घरकाले लुकाएका रहेछन्। सुधार

गृहबाट निकालेलगत्तै मसँग बिहे गराइएको रहेछ। घरका आमाबुबाले मलाई धेरै नै माया गर्नुहुन्छ तर जो भए पनि आफ्नै श्रीमान्सँग सारा जिन्दगी बिताउनु छ, उहाँले कहिल्यै राम्रो व्यवहार गर्नु भएन।
धेरै कोसिस ग-यौँ हामीले, उहाँलाई कु’लतबाट छुटाउन। अस्पताल राख्यौँ, अस्पतालले म’नोविद्सँग सल्लाह लिन भने। त्यो पनि ग-यौँ तर यस्ता ला’गुपदार्थ सेवनकर्ताहरुको छुट्टाछुट्टै व्यवहार हुँदोरहेछ। त्यसमध्ये मेरो श्रीमान् एकदम अ’ग्रेसिभ हुनुहुन्छ। जहिले पनि छिटो रिसा’उने, रिसमा अ’पशब्द प्रयोग गर्ने मात्र होइन, प्रायः कु’ट्पिट् त

गरिहाल्नु हुन्छ। धेरै समय यो प्रक्रिया चलिरह्यो। मैले धेरै सम्झाउँदा पनि नभएपछि अहिले उहाँलाई फेरि सुधारगृह राखेका छौँ।
मैले अलि समयपछि भनेँ। जे–जस्तो भए पनि बिहे गरेर सिँउदो रङ्गाइसकेपछि माया त त्यसै लाग्दोरहेछ। उहाँको सुध्रिने छाँटकाँट छैन।
धेरै पटक म’रणाशन्न हुनेगरी पि’टाइ खाएँ। धेरै नराम्रा गा’लीगलौज सुनेँ। कहिलेकाहीँ त सहनै गाह्रो भएर डि’भोर्स पनि मागेँ। डि’भोर्स माग्दा तेरो बिहेमा लागेको खर्च दे अनि तँ जा पनि भन्नुभयो। कहिलेकाहीँ माया गरेजस्तो पनि गर्नुभयो। बिरामी

परेर अस्पतालमा भर्ना हुँदा पनि उहाँ रुग्न बस्नुहुन्थ्यो। त्यो बेला जहिले पनि ला’गुऔषध प्रयोग गरेर आउने गर्नु हुँदोरहेछ।
गएको शनिबार सुधार केन्द्रमा उहाँलाई भेट्न गएकी थिएँ। कहिले निकाल्छेस् भन्दै हुनुहुन्थ्यो। मैले अलि समयपछि भनेँ। जे–जस्तो भए पनि बिहे गरेर सिँउदो रङ्गाइसकेपछि माया त त्यसै लाग्दोरहेछ। उहाँको सुध्रिने छाँटकाँट छैन। अझै पनि म उहाँलाई राम्रो भएको हेर्न चाहन्छु।
आमा–बाबाले जहिले घरमा राम्रो गर्नू, कसैलाई दुःख नदिनू, गरिखानू भन्नुहुन्छ। उहाँहरुको आशीर्वाद

सुन्दा आँखाबाट आँशु आउलाझैँ हुन्छ। मुटु गाँठो पर्छ।जीवनभरि साथ दिन चाहन्छु तर उहाँले बुझ्नुहुन्न। साथीसङ्गत पनि राम्रो छैन। म जहिले भन्ने गर्छु, बरु गाउँ गएर बसुम् तर उहाँ सानो छँदाबाट यतै बस्नु भएकोले उहाँलाई गाउँ सहज लाग्दैन भन्नुहुन्छ। आमा–बाबालाई यो घर बेचेर गाउँ जाउँ भन्छु।
मेरो माइतीलाई यस्ता घट’नाबारे केही पनि थाहा छैन। आमा–बाबाले जहिले घरमा राम्रो गर्नू,

कसैलाई दुःख नदिनू, गरिखानू भन्नुहुन्छ। उहाँहरुको आशीर्वाद सुन्दा आँखाबाट आँशु आउलाझैँ हुन्छ। मुटु गाँठो पर्छ। दुःख लाग्छ। आमालाई यी सारा पी’डा धक फुकालेर सुनाऊँजस्तो लाग्छ तर सक्दिनँ। यही कारणले पनि मेरो पढाइ बि’ग्रियो। त्यसमा समय दिन सकेकी छैन।
के गर्दा ठीक होला, ग’म्भीर भएर कसैले सुझाव र सल्लाह दिनुहोस् न !
महिला, २०, काठमाडौँ
शुक्रबार साप्ताहिकबाट

प्रकाशित मिति २८ कार्तिक २०७७, शुक्रबार ०३:०९