वडाध्यक्षले नै भगाए अर्काको श्रीमती, भन्छन मायाप्रेम बढेपछि तेस्रो बिहे गरे

यी यस्ता घटनाहरु समाजमा घटिरहेका हुन्छन र सामाजिक सञ्जालमा यी यस्ता घटनाले खलल पनि पुराएको छ । यो खवर हो सल्यान जिल्लाको । सल्यानमा वडाध्यक्षले अर्काको श्रीमती भगाएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा

नम्बर ९ का वडा अध्यक्ष इन्द्र कुमाइले गाउँकै गौरी बोहरालाई भगाए    र उनीसँग बिहे गरेका छन् । यो सहित उनको तेस्रो विवाह हो ।
यस अघि दुईवटी श्रीमती बिहे गरेर घरमा राखेका वडाध्यक्षले अर्की श्रीमती पनि थपेर तीन वटी श्रीमती बनाएका हुन् । उमेरले उनिहरु दुवै जना ५२

वर्षका छन् । वडाध्यक्षका पहिलाको श्रीमतीबाट दुई छोरी र दोस्रोबाट दुई छोरा छन् । त्यस्तै विवाह गर्ने तेस्रो महिला गौरी वोहराको ५ बच्चाबच्ची रहेका छन् । गाउँमा पहिलेदेखि उनीहरु विचमा बसउठ हुने गर्दथ्यो । लामो समयदेखि नै अध्यक्षले ती महिलालाई उपभोक्ता समितिमा समेत राख्ने गरेको त्याहाका स्थानीयको भनाई रहेको छ ।
उनको नाम समितिमा नछुटाउँदा स्थानीयले पहिलेदेखि नै शंकाको दृष्टिले हेर्न गरेका थिए । गाउँ समाजका हरेक कार्यक्रममा उनलाई सहभागी बनाउथे । त्यसो हुदा पनि समाजले फरक

दृष्टिकोणले हेरेको थियो अन्तत उनै ५२ वर्षिय वडा अध्यक्षले भगाएकै छन । यता यो बिषयमा उनै वडा अध्यक्ष सँग प्रतिकुया लिदाखेरी गाउँभरी हल्ला भएपछि बिहे गरेको हुँ वडाध्यक्ष ईन्द्र कुमाईले प्रतिकृया दिएका छन ।
वडाध्यक्ष ईन्द्र कुमाईले आफुले तेस्रो बिहे गरेको स्वीकार गरेका छन् । लेकाली अनलाइनसँग कुरा गर्दै उनले भने हाम्रो पहिलेदेखि मायाप्रेम बस्दै गयो गाउँमा सबैले थाहा पाए । उसको श्रीमानले उसलाई मार्ने धम्की दिइरह्यो । उसको घरबाट निकाल्यो अनि

म बिहे गर्न बाध्य भए । किनकी उनी पनि एकलै भएकी थिईन त्यसैले गर्दा पनि लानु नै परो ।
उता गौरीको श्रीमान् नोखिराम वोहराले भने अहिले न्यायको लागि भौतारी रहेको बताएका छन् । श्रीमती परपुरुषसँग भागेपछि अब नावालक छोराछोरी कसरी पाल्ने भनेर आफुलाई ठुलो चिन्ता बढेको उनले बताए । अहिले घरको अबस्था पनि सामान्य रहेको छ । अनलाईनबाट

प्रकाशित मिति ६ मंसिर २०७७, शनिबार ००:४०