दाईकी साली र म जब एक रातको संगै सुता’इ

जेठ मासको चर्को घाममा दिनभरी मैकै गोडेको थकाइ बेलुकाको खाना खाइसकेपछी सरासर कोठामा गएर पल्टिएँ । आमा भान्सामै हुनुहुन्थ्यो बुवा बार्दलिमा उक्लिसक्नु भएको थियो ।आमाको पटुकी भित्र बाट नोकिया फोनको घण्टी बज्यो।

आमा फोनमा बोलेको मधुरो आवाज टाढै बाट मेरो कानमा गुन्जियको थियो ।ए हो र !ल जाती भो बाबु !
अहिले कस्तो छ नानीलाई र मेरो नातिलाई..? आमाको कुरा दाइसंगै भएको र म फूपू बनेको सजिलै अनुमान लगाईसकेकी थिएँ मैले । दिनभरीको कामको बोझ र सोचको थकाइले शरीर लखतरान थियो । आँखा निद्राले लोलाईरहेका थिए

। आमा खुशीले गदगद हुँदै मेरो ढोका ढकढक्याउनु भयो । ए मुने ! मुने ..!! एई कान्छी …. !! यता सुन त ..!!म उठेर ढोका खोल्ने जागर गरिन । आमा बार्दलिमा उक्लिदा भर्र्याङ बजेको आवाज सुन्दा सुन्दै म कतिछीचो संगै म निदाइसकेंछु ।बिहान घाम माथी नै आइसकेछ । म उठ्दा बुवा र आमा पिडिको डिलमा चिया पिउदै गनथन गरिरहनु भएको थियो । हेर यस्बेला उठ्छे …! पुलुक्क मलाई हेरेर बुवा बोल्नु भयो ।हिजो दिनभरी मकै गोडेकी थाकी होलि बिचरी ।आमाले टाउको सुमसुमाउदै भन्नू भो । ए साची ! तेरो दाईले छोरा पाएछ । हिजो फोन आको थ्यो । बैनी र तपाईं भएर भेट्न आउनु भनेको छ । आमाले

उत्साहीत हुदै सुनाउनुभयो ।
बुवा केही बोल्नु भएन !ए हो र कैले जाने आमा .. मैले जिज्ञासा राखें । अब त मेरो एसएलसीको रिजल्ट पनि आउने बेला भयो ।
बुवा केही न बोली खेततिर लाग्नु भयो दिउँसो मकै गोड्ने खेताला थिए ।म पनि पधेंरा तिर गएँ । आमा भान्सा तिर ।दिन भरीको काम सकाएर बेलुका खाना खाने बेला आमा बोल्नु भयो ! दिउँसो बाबुले फोन गर्या थ्यो अब दसैंमा घर आउँछ रे अनि मुनाको रिजल्ट पनि आउन लाग्यो यतै पठाउदिनु राम्रो प्राइभेट कलेजमा

भर्ना गर्दिन्छु ।भाउजू लाई पनि सघाउछे यतै पढ्छे राम्रै हुन्छ । तपाईं अहिले हतार गरेर नआएहुन्छ भन्यो । उताबाट सम्धिनी जानुहुन्छ रे । भोलि तिर मुनेलाई पठाइदिनु पर्यो ..! आमा एकोहोरो बोलिरहनु भयो बुवाले त दाइको कुरा निस्कदा प्रतिक्रिया दिन छोडेको धेरै नै भैसकेको थियो । म पनि धेरै बोलिन त्यसो भए राम्रै भयो । यत्ती बोलें । दाइ घर छोडेर पढ्न निस्केको ६ बर्ष भैसकेको थियो । म ४ कक्षामा पढ्थे । त्यसलगत्तै हामी पर्सा छोडेर इटहरी सरेका थियौ ।

बर्षमा एकदिन दसैंको दिन दाइ घर आउनु हुन्थ्यो । भोलिपल्ट विहानै हिडिहाल्ने त्यसैले बुवाले दाइको कुनै कुराको प्रतिक्रिया जनाउनु हुन्थेन । दाईले पनि आजसम्म घर तिरको खासै वास्ता गर्नुहुन्थेन । पढ्दा पढ्दै उतै विहे गर्नुभयो र विहे भएको २ बर्ष बितिसक्दा पनि भाउजुलाइ घरमा ल्याउनु भएको थिएन । अझै २ वटा दशै मा त ससुराली जाने भनेर घरनै आउनु भएन ।

प्रकाशित मिति ६ मंसिर २०७७, शनिबार ०१:१३