जहाँ कुकुरसँग महिलाको विवाह गराइन्छ

एजेन्सी – विश्वमा विभिन्न अनौठो घटनाहरु भइरहेको हुन्छ । कुनै घटनाहरु सत्य हुन्छन्, तर पत्याउन मुस्कील पर्छ । तपाईलाई थाहा छ, एक महिलाले कुकुरसँग विवाह गरेकी छिन् ।यो अनौठो घटना भारतको हो । भारतको छत्तीसगढको कोरबा जिल्लामा एक महिलाले कुकुरसँग विवाह गरेकी हुन् । कोरबा जिल्लामा आदिवासी मुन्डा समाजमा एक अनौठो परम्परा चल्दै आइरहेको छ ।
यहाँ ग्रह दोष मेटाउनको लागि कुकुरसँग विवाह गर्ने गर्छन्

। मकर संक्रान्तिको अर्को दिन साना बच्चासहित पाँच वर्षका ८ बच्चाको विवाह गर्ने गर्छन् । दुलहा र दुलहीको रुपमा कुकुरको बच्चा राख्छन् र गीतामा पढ्छन् ।
कुकुरलाई खानेकुरा दिइन्छ र रातभर कुरेरबसिन्छ । दुलाहा दुलहीको रेखदेखको जिम्मवारी ठुला नभएसम्म समाजले लिने गर्छ ।
यो परम्परा यस समाजमा चल्दै आइरहेको छ । यो परम्परा निभाउँदा बच्चामा भएका सबै नराम्रा ग्रह दोष मेटिने बिश्वास छ ।

यो पनि पढ्नुहोस
काठमाडौ । बेलौरी नगरपालिका–६ हात्तीबोझाका विमल रानाकी २० वर्षीया श्रीमती कञ्चन रानालाई भगाएर लैजाने भारतीय नागरिकलाई सशस्त्र प्रहरीले हिजो पक्राउ गरेको छ । भारतको पिलिभित पुरनपुर बस्ने २२ वर्षका हजिम खानलाई सीमा पक्राउ गरेको हो ।

बेलौरी नगरपालिका–६ नयाँ गाउँस्थित मुख्य सीमास्तम्भ नम्बर ७७६ नजिकबाट भाग्दै गरेका बेला नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताउनुभयो । भारतीय नागरिक खानलाई भारतीय एसएसवी जिम्मा लगाइएको छ भने भारतीयसँग भागेर जाने महिलालाई इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ ।

नेपालबाट भारततर्फ लैजाँदै गरेकी युवतीको उद्धार
नेपालबाट भारततर्फ जाँदै गरेका बाजुरा त्रिवेणी गाउँपालिका–१ १७ वर्षकी किशोरीलाई सशस्त्र प्रहरीले सीमा नाका डोकबजारबाट उद्धार गरेको छ । उद्धार गरिएकी किशोरीलाई शान्ति पुनःस्थापन केन्द्र कैलालीमा बुझाइएको छ । किशोरीलाई भारततर्फ लैजाने अजुर्न विकलाई पुनःस्थापन केन्द्रमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताउनुभयो ।

प्रकाशित मिति ५ पुष २०७७, आईतवार ०२:४४