सभामुख र प्रचण्डलाई एकसाथ जेल हाल्न ओलीको यस्तो निर्देशन

काठमाडौ । पूर्व सभामुख कृष्णबहादुर महराले जीवनमा नसोचेको घटना भयो । राजनीतिक सरगर्मी बढिरहेका बेला उनलाई नियोजित घटना गराइयो भन्ने निश्कर्ष छ ।
अहिले फेरी अर्का सभामुखमाथी त्यही हुन लागेको चर्चा गरिदैछ । राजनीतिक दाउपेच बढिरहेका बेला सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाको मुद्दा पेसीमा चढाएको छ ।सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो ।

यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो । त्यही मुद्दाको पेसी शुक्रबार तोकिएको छ ।
के हो सापकोटाको मुद्दा ?सापकोटामाथि काभ्रेका अर्जुन लामाको मृत्युमा त्यो मृत्यु ज्यानसम्बन्धि उद्योग भएकार र त्यसमा संलग्न भएको आरोप छ । १६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामालाई माओवादीका कार्यकर्ताले स्कुलबाट नै लिएर गएका थिए ।
साउन तेस्रो साता लामालाई खौलो खन्न लगाएर त्यहाँ नै पुरिदिएको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।
प्रहरीले जाहेरी लिएन । त्यसविरुद्ध पूर्णिमायाले सर्वोच्चमा

रिट हालेपछि २२ फागुन २०६४ मा सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भयो । तर बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय गर्‍यो ।त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गइन् । सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दियो । यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ ।मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्री बनेपछि कणकमणि दीक्षित लगायतले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा समेत हालेका थिए । अहिले फेरी यो बल्झिएको छ ।

प्रकाशित मिति ५ पुष २०७७, आईतवार ०७:१३