मेरो योनी अलि बढी गन्हाउँछ अनि चिलाउँछ पनि, किन यस्तो हुन्छ ?

म २२ वर्षीया युवती हुँ । मेरो पहिलो यौनसम्पर्क १७ वर्ष हुँदा भएको थियो । त्यति बेला मलाई केही समस्या भएजस्तो महसुस भएन तर अहिले २–३ वर्ष भयो मेरो गुप्तांग अलि बढी गन्हाउँछ अनि चिलाउँछ पनि । कहिलेकाहीँ पिसाब गरेपछि गुप्तांग पोल्छ । यो के भएको हो ? –५२०७७

प्रत्येक व्यक्तिको आ–आफ्नै किसिमको स्वाभाविक गन्ध हुन्छ । विशेष गरेर किशोरावस्थामा पुगेपछि हाम्रो छालामा भएका पसिना ग्रन्थिहरूको श्राव तथा त्यसमा जीवाणुका क्रियाकलापका कारणले यस्तो गन्ध उत्पन्न हुन्छ ।
विशेष गरेर किशोरावस्थामा apocrine तथा sebaceous glands सक्रिय हुन्छन् भने apocrine सक्रिय हुन्छन् भने apocrine ग्रन्थि हाम्रो काखीमा तथा यौनाङ्ग क्षेत्रमा पाइन्छ र यी नै हाम्रो शरीरको गन्धका लागि प्रमुख रूपमा जिम्मेवार हुन्छन् ।

यो पनि पढनुहोस्
त्यसबाहेक हाम्रो खाना, स्वास्थ स्थिति, हामीले सेवन गरेका केही औषधिले पनि हाम्रो शरीरको गन्धमा प्रभाव पार्छन् । तपाईंले याद गर्नुभएकै होला, पुरुष र महिलाको शरीरको गन्धमा पनि भिन्नता हुन्छ ।
योनिको गन्धको सम्बन्धमा कतिपय महिलालाई तपाईंलाई जस्तै चासो हुन्छ र विशेष गरेर अन्तरङ्ग सम्बन्ध राख्नुपर्ने स्थितिमा यसको चिन्ता अधिक हुन्छ । तपाईंलाई छापा

तथा टेलिभिजनमा गरिएका प्रचारले तपाईंको यौनाङ्ग क्षेत्रबाट पनि फूलको जस्तो सुगन्ध आउनुपर्छ जस्तो लाग्न सक्छ तर वास्तविकता त्यो होइन ।
स्वस्थ योनिको आफ्नै किसिमको विशेष गन्ध हुन्छ । महिलामा भने महिनाबारीको चक्र अनुरूप यसको गन्धमा समेत केही परिवर्तन आउँछ । यस्तो गन्ध व्यक्तिअनुसार फरक–फरक हुन्छ ।कतिपय महिलामा यो गन्ध कडा किसिमको हुन्छ भने कतिपयमा हल्का किसिमको । यौनसम्पर्क तथा वीर्य स्लखनपछि पनि योनिको गन्धमा फरकपन देखा पर्छ ।योनिको असामान्य गन्धको कुरा योनिको असामान्य गन्धप्रति विशेष चासो र चिन्ता हुनु जायज पनि छ किनभने यसले कुनै विकार वा रोगलाई संकेत गरिरहेको हुनसक्छ ।

अब के–कस्तो अवस्थामा योनि असामान्य रूपमा गन्हाउँछ भन्ने चर्चा गरौं । तपाईले योनि गन्हाउनेदेखि बाहेक चिलाउने वा पोल्ने कुरा पनि उल्लेख गर्नु भएकाले त्यसले योनिको संक्रमणलाई संकेत गरिरहेको छ ।
योनिको संक्रमणमध्ये एउटा प्रमुख संक्रमण bacterial vaginosis हो । योनिमा सामान्य रूपमा हुने जीवाणुको मात्रा असन्तुलित हुँदा यस्तो हुन्छ ।
सेतो वा मैलो किसिमको र अधिक मात्रामा योनि श्राव हुने, योनिको वरिपरि चिलाउनेदेखि बाहेक योनिबाट आउने गन्ध माछाको जस्तो हुन्छ । तपाईंले आफ्नो योनिश्रावको गन्ध कस्तो प्रकारको छ, लेख्नुभएको छैन ।
अर्को धेरैजसो हुने योनिको संक्रमण हो । योनि र योनि वरिपरि चिलाउने, पिसाब पोल्नेबाहेक पनिर जस्तो सेतो

बाक्लो योनिश्राव भए पनि यसको गन्ध भने खराब हुँदैन । यस्तो संक्रमण यौनसम्पर्क नराखेको स्थितिमा समेत हुनसक्छ ।तपाईंले १७ वर्षको उमेरमा यौनसम्पर्क भएको कुरा गर्नुभएको छ । त्यसैले तपाईंलाई यौन रोग लागेको सम्भावनालाई पनि नकार्न सकिँदैन । त्यसबाहेक त्यतिबेला एकपटक मात्र यौनसम्पर्क भएको हो वा त्यसपछि पनि निरन्तर यौनसम्पर्क हुँदै आएको छ, स्पष्ट भएको भए जवाफ दिन सजिलो हुने थियो ।
समाधान के होला ?योनिका केही संक्रमण गम्भीर प्रकृतिका हुनसक्ने भएकाले के कारणले यस्तो भएको हो पत्तालगाई उपचार गराउनुपर्छ । यसका लागि तपाईंले चिकित्सकको सहयोग लिनुपर्ने हुन्छ । अर्को महत्वपूर्ण पक्ष योनिको संक्रमण हुन नदिनु हो । योनिको संक्रमणबाट जोगिने वा भनौं कम गर्ने केही उपायः १) योनि तथा यौनाङ्ग क्षेत्रलाई सफा राख्ने । हल्का किसिमको साबुन–पानीले योनिको बाहिरी भाग प्रत्येक

दिन धुने । दिसा–पिसाबपछि टिसु पेपरले पुछ्नहुन्छ भने अगाडि (योनि) तिरबाट पछाडि (मलद्वार) तिर लगेर पुछ्ने । पछिल्तिरबाट अघिल्तिर ल्याएर पुछ्दा मलद्वारमा भएका जीवाणु योनिमा सर्न सक्छन् ।
२) भित्री पहिरन (अन्डरवेयर) धेरै कसिलो तथा नाइलन, पोलिस्टर वा रेयोनले बनेको हुनु हुँदैन । बरु सुतीले बनेको मात्र प्रयोग गर्ने । यौनाङ्ग क्षेत्रलाई ओभानो राख्नुपर्छ । धेरै गर्मी वा धेरै ओसिलो भए जीवाणुको संक्रमण हुने सम्भावना हुन्छ ।३) सफा गर्न भनेर धेरैले योनिमा डुस दिन्छन् । स्वस्थ

प्रकाशित मिति २२ पुष २०७७, बुधबार ०६:१०