सुनको जलप लगाएको ‘फलाम’को गहना सुन पसलमा राख्दै पैसा लिदै गरेपछी …

काठमाडौं । थानकोटस्थित रिजन ज्वेलर्समा एकजना पुरुष गहना राखेर पैसा लिन आए। ०७७ असोज ६ मा रिजन ज्वेलर्सका सञ्चालक राजु सदाशंकरले सुन राखे, पैसा दिए । सुन डिपोजिट राखेर पैसा लिन खोज्ने धादिङ थाक्रे गाउँपालिका घर भएका राज सापकोटाले सुनको बिलसमेत देखाए । बिल सहितको सुन राखेर पैसा दिन

रिजन ज्वेलर्सलाई समस्या थिएन ।
पुस १७ र २३ मा चन्द्रगिरी नगरपालिका–१२ स्थित गुर्जुधारामा पनि सो घटना दोहोरियो । गुर्जुधारा स्थित प्रकाश ज्वेलर्समा बिलसहितको ‘सुन’ राखेर राजले पैसा लिए। रिजन ज्वेलर्सबाट राजले ३ लाख नगद लिएका थिए । उनले राखेको सुन बैङ्कमा राख्नका लागी रिजन ज्वेलर्सका सञ्चालकले सो सुन पुनः जाँच गर्न खोजे । कोट्याउँदा सुनको जलप भित्र फलाम देखियो !
त्यस पछि, उनले प्रहरीलाई खबर गरेका हुन् । बिल

देखाएर सुनको जलप लगाएको फलामका गहना राखेर ठ’गी गर्ने ३४ वर्षी राज सापकोटालाई महानगरीय अपराध महा शाखा र प्रहरी वृत थानकोटको टोलीले प’क्रा उ गरेको छ । रिजन र प्रकाश ज्वेलर्शबाट राजुले ४ लाख ६० हजार ठगी गरेको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए ।
बुधवार प’क्रा उ परेका राजको साथबाट प्रहरीले ६ तोला सुनका गहना बरामद गरेको छ । ‘आपत् परेको’ बहाना बनाएर सुन पसलेसँग मिठो गफ गरेर ठग्ने राजलाई प्रहरीले ठगी मद्दा चलाउने तयारी गरेको छ । राजले श्री गणेश ज्वेलर्सको बिल राखेका थिए । सो बिलबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । रातोपाटीबाट

प्रकाशित मिति २७ पुष २०७७, सोमबार ०८:४८