टिपरले मोटरसाइकल लाई ठक्कर दिँदा ताराकुमारी को मृत्यु

सुर्खेतमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–११, की २३ वर्षीया ताराकुमारी आले रहेकी छन् । सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई भेरीगंगा नगरपालिका–१२, स्थित छिन्चुमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।दुर्घटनमा घाइते आलेलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले बताए ।उक्त घटनामा मोटरसाइकललाई चालक कालिकोटको शुभकालिका गाउँपालिकाका २६ वर्षीय दुर्गा शाही घाइते छन् । उनको छिन्चुमै उपचार भइरहेको डएसपी घर्तीले बताए ।

यो पनि पढ्नुहोस

काठमाण्डौ । घुसको बिषयमा कुराकानी नमिल्दा दुई जना प्रहरीहरुबीच नै कुटाकुट भएको छ । सर्लाही जिल्लाको लालबन्दीमा सवारी जाँचमा खटिएका प्रहरीहरुबीच कुटाकुट भएको हो ।प्रहरीहरुबीच अनुशासन र प्रहरीको मर्यादाविपरित तथानाम गाली गर्नुका साथै हात हालाहालसमेत भएको दृश्य भिडियोमा देख्न सकिन्छ । लालबन्दी नगरपालिकाको मुख्य चोकमा गत पुस २१ गते

उक्त घटना घटेको हो ।एक स्थानिय प्रत्यक्षदर्शीका अनुसार कुटाकुट गर्ने प्रहरीहरु प्रहरी जवान नवराज खड्का र प्रहरी हवल्दार पुष्पजंग कार्की हुन् ।
प्रत्यक्षदर्शीका अनुसार ना. २ क ३८१ नम्बरको ट्रकले ओभरलोड लिएर विरगंजबाट सुनसरी जादै गर्दा प्रहरी जवानले चालकलाई १००० रुपैया जरिवाना गर्ने तयारी गरेका थिए तर चालकले खाजा खर्च दिने भन्दै प्रहरी जवान खड्कासँग कुरा मिलाउन जबर्जस्ती गरिरहेका थिए ।
त्यसैबीचमा प्रहरी हवल्दार पुष्पजंग कार्कीले प्रहरी जवान नवराज खड्कामाथि घुस लिइरहेको आरोप लगाएपछि उक्त घटनाले यस्तो रुप लिएको हो ।

प्रकाशित मिति २८ पुष २०७७, मंगलवार ०५:४३