प्रहरीलाई अहिलेसम्मकै ठुलो सफलता : त्यो घटना पछि खोज्दै जाँदा ठूलै गिरोह फेला परे

संरक्षणमा खटिएकाहरुलाई नै थाहा छैन कि गैंडाको खागको प्रयोजन केमा हुन्छ ? यौ ‘न उ’त्ते’ज’क औ’षधि बनाउन यसको प्रयोग गरिने हल्लामात्रै आफूले सुनेको, यथार्थचाहिँ थाहा नभएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल बताउँछन् । जेहोस्, दुर्लभ गैंडाको चोरीशिकार गरी खाग तस्करीमा संलग्नहरुलाई समात्नमा पछिल्लो समय ठूलै सफलता हात परेको निकुञ्जले बताएको छ ।
निकुञ्जका कर्मचारी, सुरक्षाकर्मी नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सक्रियतामा झण्डै एक महिनाको अवधिमा १४ जना पक्राउ परेको बुधबार दिउँसो पत्रकार सम्मेलन गरी चितवन राष्ट्रिय निकुञ्जले

जानकारी गरायो । उनीहरु चौधै जना अभियुक्तलाई मुखमा कालोपट्टी बाँ’ध्न लगाई सञ्चारकर्मीमाझ सार्वजनिक गरियो । उनीहरुको खोजीको सिलसिलामा भ’रुवा ब’न्दु’क दुई थान, गैंडाको खाग चोरी शि’कार र अ’वैध व्यापारमा प्रयोग भएको बा१४च २३५० नम्बरको स्कर्पियो गाडी, प्रदेश ३–०३ ००१प ६४५३ नम्बरको मोटरसाईकल, बैंकमा जम्मा गरिएको रु. ४१ लाखको भौचर लगायत अन्य बन्दोबस्तीका सामानहरुसमेत बरामद भएको पत्रकारहरुलाई देखाइयो । तर खाग भने फेला नपरेको र अझै १७÷१८ जना फरार रहेको निकुञ्जले बताएको छ ।अहिलेसम्म मुनिकालाई मात्रै समात्ने गरेको आ’रोपलाई चिर्दै पछिल्लो समय तस्करहरुको अलि माथिल्लो तहसम्मै आफूहरु पुग्न सफल भएको निकुञ्ज प्रमुखको भनाइ छ । यी पक्राउ परेसँगै अबका दिनमा गैंडा संरक्षणमा केही सहजता आउनेसमेत नेपाली सेनाको बटुकदल गणका गणपति अरुण श्रेष्ठ बताउँछन् । ‘यिनीहरुको पनि आ–आफ्नो तह हुन्छ, अहिले पाँचौं लेयरसम्म समात्न हामी सफल भएका छौं’, सीआईबीका डीएसपी राजकुमार

राई भन्छन्, ‘यिनीहरु फाइन्डआउट नभएका भए गैंडाको चोरी शिकारी अझ बढेर जानसक्ने सम्भावना थियो ।’ अहिलेसम्म ‘टपलेयर’ फेला नपरेपनि यहाँबाट तस्करी भएर खाग अन्तिममा तिब्बत पुग्ने गरेको बुझिएको उनी बताउँछन् ।विज्ञप्तिमा यस्तो छ विवरण
चितवन राष्ट्रिय निकुञ्जको आइल्याण्ड क्षेत्रमा यही २०७७ भदौ १६ गते दिनको साढेचार बजेतिर र पर्सिपल्ट पनि साँझ फा’य’रिं’ग’को आवाज सुनियो । चोरी शिकारी समूहले नै गो’ ‘ली च’ला’ए’को हुनसक्ने अनुमान गरी विशेष खोजतलास तथा गस्ती थालियो । भदौ २१ गते ९ वटा हात्तीमा निकुञ्ज र बटुकदल गणको संयुक्त गस्ती टोली परिचालन गरी शं’का’स्पद क्षेत्रमा ‘स्वी’प अ’परे’सन’ गर्दा आइल्याण्ड क्षेत्रको रातोघोल इलाकामा बिहान ११ बजे नारायणी नदी किनारमा एक वयस्क भाले गैंडा मृत अवस्थामा भेटियो । उक्त गैंडाको मृत्यु गो’ ‘ली वा सोही प्रकारको वस्तु र धा ‘रि’लो ह ति’या’रको कारणबाट भएको भन्ने पोष्टमार्टमबाट प्रस्टै भयो । तस्करहरुले त्यसको खाग लैजान नसकेको अवस्थामा अन्य क्षति पनि भएको हुनसक्ने आकलन गरी लगातार स्वीप अपरेसन जारी राखियो ।

यसैक्रममा, गत कार्तिक १९ गते निकु ञ्जको कोर क्षेत्र आइल्याण्ड टापुको मर्दी घोर इलाकामा अन्दाजी २२ वर्षको पोथी र ३ वर्षको बच्चा गैंडा मृत फेला परे– खाग का ‘टी लगेको हालतमा । यो घटनास्थलबाट करिब ५ मिटर आसपास गैंडा मा’ ‘र्न प्रयोग भएको दुईवटा भरुवा

ब’न्दु’क, ब’न्दु’क’मा प्र’योग हुने बे’रि’ङ्ग गो’ ‘ली, ब’न्दु’क’मा प्रयोग हुने कपडाका टु’क्रा’सहित थाल, बोतल लगायतका केही बस्तोबस्तीका सामान पनि भेटियो । थप अनुसन्धानको क्रममा कार्तिक २७ गते अ’जिं’गर टापुघोलको पुच्छरमा ढ’लेको सि’सौको रुखको कापमुनि लुकाइराखेको अवस्थामा माउन्टेन ब्याग भेटी चेकजाँच गर्दा नुन, तेल, चामल, मसला, अचार आदि बन्दोबस्तीका सामान फेला परे ।खोजतलासकै सिलसिलामा विशेष सूचनाको आधारमा गत पौष १३ गते नवलपुरको कावासोती–७, लौगाई बस्ने ४८ वर्षीय पल्ला भनिने शिवनारायण महतोलाई निजकै घरबाट र चितवनको भरतपुर–२८, स्यालबास बस्ने ४९ वर्षीय रणबहादुर भन्ने जीतबहादुर कुमाल र उनकी श्रीमती इन्द्रमाया कुमाललाई नवलपरासीको चोरमारास्थित बसन्तपुरमा लुकीछिपी रहेको अवस्थामा, बाँके सोनारी गापा–२ का ३५ वर्षीय हरिप्रसाद थारु र उनकी पत्नी विष्णुमाया गुरुङलाई उनीहरुकै बसोबास स्थान

नवलपुरको गैंडाकोट–१, इँट्टाभट्टाबाट पक्राउ गरियो ।
गैंडाकोट–१ बस्ने ३२ वर्षको काले एवम् अशोक गुरुङ भन्ने सुकबहादुर गुरुङ गोरखा, आरुघाटको सेती भन्ने स्थानबाट माघ ३ गते समातिए । उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारबाहीका लागि जिल्ला अदालत नवलपुर समक्ष आजै पेश गर्ने तयारी छ । यसरी ६ जनालाई पक्राउ गरिएको र उक्त घटनामा संलग्न अन्य ७ जनाको खोजी कार्य भइरहेको छ ।अनुसन्धानकै क्रममा गैंडा मा”री खाग त’स्करीको विगतका अन्य घटनाहरु समेत खुल्न आएका चितवनको भरतपुर–२८, स्यालबास बस्ने ४९ वर्षीय रणबहादुर भन्ने जीतबहादुर कुमाल, कालिका नपा–९, शक्तिखोर बस्ने तारा चेपाङ भन्ने वीरमान सिंह प्रजा समेतका व्यक्तिहरुले एकआपसमा सरसल्लाह गरी गत वैशाख र जेष्ठ महिनामा निकुञ्ज क्षेत्रमा गैंडा मारी खाग बिक्री व्यवसाय गरेको विशेष सूचनाको आधारमा गोरखा

नपा–७ नयाँबजार बस्ने कैलाशबाबु आले माघ ३ गते गोरखा बजारबाट पक्राउ परे ।
सोही गिरोहको खोजी गर्ने क्रममा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंज काठमाडौं र चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको संयुक्त टोलीले लमजुङ, बेसीशहर–१० बस्ने ३२ वर्षीय सोमबहादुर गुरुङलाई माघ ६ गते काठमाडौंबाट र चितवनको माडी–९ अयोध्यापुरी बस्ने ३२ वर्षीय दुर्गा भुजेल भन्ने दुर्गाबहादुर सार्कीलाई त्यसको भोलिपल्ट महोत्तरीको बर्दिबास, गौरीडाडाबाट पक्राउ गरियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मकवानपुरको बागमती गाउँपालिका–३ घर भई काठमाडौं, गोकर्णेश्वर नपा–६ बस्ने ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, मुगु घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ६१ वर्षीय नांगे तामाङ लामा र २१ वर्षीय योन्जन भन्ने छिरिङ लामा (योन्देन ग्याम्जो तामाङ) लाई पक्राउ गरी निकुञ्जमा आवश्यक कारबाहीका लागि बुझायो ।

निकुञ्ज कार्यालयबाट खटी गएको टोलीले माघ १४ गते तनहुँ, आबुखैरेनी–५ घुमाउने बस्ने ३३ वर्षीय हरिबहादुर मगरलाई पक्राउ ग¥यो । उनीहरुबाट चोरी–तस्करीमा प्रयोग भएको गाडी, मोटरसाईकल, बैंक भौचर बरामद भएको हो । विगतदेखि लगातार गैंडा मा र्ने कार्यमा लागिपरेका यी आठ जना समातिएको र अरु १० जनाको खोजी कार्य जारी रहेको छ ।
पक्राउ परेका उल्लेखित व्यक्तिहरुमध्ये रणबहादुर कुमाल भन्ने जीतबहादुर कुमाल पाँचपटक, काले भन्ने अशोक गुरुङ दुईपटक, तारा चेपाङ भन्ने वीरमान सिंह प्रजा तीनपटक गैंडा मा ‘र्ने कार्यमा संलग्न भएको र उनीहरु लामो समयदेखि गैंडाको चोरीशिकारीमा सक्रिय रहेको खुल्न आएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल बताउँछन् ।
– जनआस्थाबाट

प्रकाशित मिति २९ माघ २०७७, बिहीबार ०३:३६