पोखरा । गोरखाको बारपाकस्थित १ घरमा ३ जना मृ-त्त अवस्थामा फेला परेका छन् ।
बारपाक सुलिकोट १ को बारपाकमा एउटै घर भित्र १ जना पुरुष र २ जना महिला मृ-त्त फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले बताए ।
मुखबाट फिँज आएकाले विशाक्त खानाका कारण यो घटना भएको प्रहरीको अनुमान छ ।
मृत्यु हुनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया उषा गुरुङ छन् । दिलबहादुर र आइतकुमारी ससुरा बुहारी हुन् । उषा नजिकको आफन्त रहेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
सोमबार बिहान अबेसम्म पनि घरको ढोका नखुलेपछि स्थानीय घरभित्र पसेर हेर्दा तिनैजना मृ’तावस्थामा भेटिएका थिए । घटनाको बारेमा थप अनुसन्धानका लागि प्रहरी चौकी जौबारीबाट थप फोर्स बारपाक गएको एसपी गुरुङले बताए ।
घरका अरु सदस्य चितवनस्थित आफन्तको मृत्युसंस्कारका सहभागी हुन गएका बेला यस्ता घटना भएको स्थानीयले बताएका छन् ।
प्रकाशित मिति १० फाल्गुन २०७७, सोमबार ०८:२२