नायिका करिना कपुर आमा बनेकी छिन् । आज बिहान उनले मुम्बइको ब्रिच क्यान्डी अस्पतालमा छोरालाई जन्म दिएकी हुन् ।
भारतीय मिडियाका अनुसार, करिनालाई शनिबार बेलुकी अस्पताल भर्ना गरिएको थियो । करिना अस्पताल भर्ना हुनु भन्दा अगाडि पनि काममा नै व्यस्त थिइन् ।
उनले, एक विज्ञापनको छायांकन शनिबार नै गरेकी थिइन् ।ग’र्भवती भएको समयमा पनि करिनाले विज्ञापन, चलचित्र र फोटोसुटको कामलाई रोकेकी थिइनन् ।
सैफ र करिनाको बिहे सन् २०१२ को अक्टुबर १६ मा भएको थियो ।
सन् २०१६ को डिसेम्बर २० तारिखमा उनीहरुले पहिलो सन्तानको रुपमा तैमुरअली खानलाई जन्म दिएका थिए ।
दोश्रो सन्तान जन्मनु अगाडि सैफ र करिना नयाँ घरमा सिफ्ट भएका थिए । उनीरुको नयाँ घर निक्कै आलिसान रहेको बताइन्छ । जहाँ, लाइब्रेरी, स्विमिङ पूल, स्पेश नर्सरी समेत रहेको छ
प्रकाशित मिति १० फाल्गुन २०७७, सोमबार २२:५४