OMG ? गोहीको पेट चिरेर निकालियो ८ वर्षका बालक

एजेन्सी । सामान्य कुरामा सावधानी नअपनाउँदा ज्यानै जानेसम्मका घटना हुन्छन् ।

८ वर्षका एक बालकलाई गोहीले निलेपछि उक्त गोहीको पेट चिरेर बालकको शरीर बाहिर निकालिएको छ ।

इण्डोनेसियामा भएको यो घटनामा बालकलाई निल्ने गोहीलाई समातेर उसको पेट चिरेर बालकको शवलाई बाहिर निकालिएको हो ।

द सनको रिपोर्टअनुसार मृत बालकको नाम दिमस मुल्कान सपुत्रा हो । दिमस पितासँग माछा मार्न गएका थिए । यही क्रममा यो घटना भएको हो ।

अचानक गोही पानीबाट बाहिर आयो र बच्चालाई तानेर पानीभित्र लिएर गयो ।

इण्डोनेसियाको बैंगेलोन जिल्लामा बुधबार बिहान यो घटना भएको रिपोर्टमा जनाइएको छ । आफ्नो छोरालाई गोहीले तानेर लिएर गएको देखेपछि दिमसका पिता सुबलिआंस्याहले छोरालाई बचाउने प्रयास गरेका थिए ।
उनले गोहीको पिछा गरेका थिए ।

पौडिँदै गोहीको नजिकै गएर उनले गोहीलाई मुक्काले हानेर छोरालाई बचाउने प्रयास गरेका थिए तर उनी असफल भए ।

प्रकाशित मिति २५ फाल्गुन २०७७, मंगलवार ०९:२३