आज फेरि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा कारोबार हुदै छ त ?

फेरि घट्यो सुनको मूल्य, आज प्रतितोला कति ?
काठमाडौं । शुक्रवार सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ८६ हजार ७ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवासी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ८६ हजार २५० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, शुक्रवार चाँदीको मूल्य पनि ओरालो लागेको छ । अघिल्लो कारोबार दिन प्रतितोला १२ सय ९० रुपैयाँमा किनबेच भएको थियो । आज १५ रुपैयाँले घटेर तोलाको १२ सय ७५ कायम भएको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस
एजेन्सी । अमेरिकाको क्यालिफोर्निया निवासी लेस्ली पिल्ग्रीमामक एक महिलाले सवारी चालक परिचय पत्र बनाउन स्थानीय सवारी साधन विभाग (डीएमभी)मा सम्पर्क राखिन् ।तर सो विभागले आफ्नो मास्क लगाएको तस्वीरसहितको परिचयपत्र पठाइदिँदा उनी छक्क परेकी छन् ।हन्टिङटनबिच निवासी उनले फोक्स ११

लसएन्जेल्सलाई बताएकी छन्– ‘म सवारी विभागमा मास्क लगाएर पुगेकी थिएँ ।

म लाइनमा सबैभन्दा अगाडि थिएँ । क्यामेरासामु उभिँदासम्म मैले मास्क लगाइनै रहेकी थिएँ । म मास्क खोल्न लगाउने अनुरोधको प्रतीक्षामा थिएँ । कसैले केही पनि भनेनन् । बरु मैले क्यामेरामा हेर्नुस् भन्ने आवाज सुनें । त्यसपछि क्लिक आवाज सुनियो ।

मैले मास्क लगाइएकै अवस्थामा मेरो तस्वीर खिचिसकेको चाल पाएँ ।’तर केही समयपछि तस्वीर खिच्ने कर्मचारीले गल्ती महसुस गरे। उनले पिल्ग्रीमलाई मास्क खोल्न लगाएर अर्को तस्वीर खिचे । केही दिनपछि उनको मेलमा उनको ३५ अमेरिकी डलर पर्ने सवारी चालक परिचयपत्र आइपुग्यो ।

तर त्यसमा उनको खरानी रंगको तस्वीर मास्क लगाइएको तस्वीर थियो । आफ्नो आँखा, आँखीभौं र निधार, केश र घाँटी मात्र देखिने तस्वीर देखेर निकै हाँसो उठेको उनले बताएकी छन् ।

हुनत कोभिड १९ को महामारीको कारण सबैले सामन्यतया जहाँ पनि मास्क लगाउने गरेका छन् । डीएमभीले अहिलेसम्म यही एउटै मात्र त्रुटिपूर्ण घटना भएको स्विकारेको छ । डीएमभीले पुनः उनीसँग भेटेर नयाँ तस्वीर खिचाउने काम भइसकेको पनि जनाएको छ ।

प्रकाशित मिति ६ चैत्र २०७७, शुक्रबार ०६:२७