महिला र पुरुष एकै रथको दुई पाङ्ग्रा हुन् कुनै एक बिना अर्कोको संसार चल्दैन

यो पृथ्वीमा धेरै मानिसहरु बसोबास गर्छन अनी उनीहरुको आ आफ्नो भावना मन अनि तन पनि छ । मानिसहरु सबै भन्दा सर्बश्रेष्ठ प्राणी हुन भनेर पनि भन्ने गरिन्छ । एक बिना अर्कोको जिन्दगीको खासै अर्थ र परिभाषा पनि हुदैन ।

महिला र पुरुष एक रथको दुई पाङ्ग्रा हुन् कुनै एक बिना संसार चल्नै सक्दैन । महिला र पुरुष धेरै असमानता छ केही कुरा समान छन् । जस्तो जीवन बाँच्ने प्रक्रिया उस्तै उस्तै हो ।

सोचाइको तरिका भने फरक छ । पितृसत्ताले डो¥याउँदै ल्याएकाले पुरुषहरु स्वतन्त्र छन् । सोचाइ पनि फरक छ । छोरीहरुलाई सुरुदेखि नै घरभित्रको काम लगाउने र अर्काको घर जाने जात भनेर बाँधिन्छ । छोरालाई खेल्न पठाइन्छ । यहीँबाट असमानता सुरु हुन्छ ।

यो सामाजिक बनावटले निर्धारण गरेको भिन्नता हो ।महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा भन्ने कुरा बिम्बात्मकरुपमा प्रयोग गरिएको हो । पाङ्ग्रा भनेको गुड्ने गतिशील बस्तु हो । त्यो गति निर्धारण दुवै पाङ्ग्रामा भर परेको हुन्छ । एउटा खुट्टाले मात्र पनि मान्छे हिँड्न सक्दैन एउटा पाङ्ग्राले मात्र पनि रथ हिँड्न सक्दैन ।

एउटा मान्छेले मात्र पनि जीवन चल्दैन । पुरुष र नारी दुवै नभइ यो संसार बन्दै बन्दैन । तर आमा बन्ने सन्दर्भ फरक हो । एकल आमा हुन नसक्ने भन्ने छैन । हाम्रो नेपालमा कम भएपनि संसारमा त्यस्तो प्रशस्त छ ।

लोग्नेको पहिचान नदिइ पनि बच्चा जन्माएका छन् । हाम्रै पनि वैदिककालतिर जाने हो भने प्रशस्त कु’मारी आमाहरु छन्, जसले लोग्नेबिना नै सन्तान जन्माएका छन् । जस्तो, कुन्तीले कर्णलाई कुमरी आमा नै भएर जन्माइन् भन्ने छ ।
वेदव्यास पनि कुमारी आमाको सन्तान हुन् भन्ने छ । नहुने भन्ने होइन ।

तर, अहिलेको समयमा कसरी हुने भन्ने चाहीँ महत्वपूर्ण हो । साहित्यमा महिला र पुरुषबीचको स’म्बन्ध समाजले निर्धारण गर्ने विषय हो । हाम्रो समाज पितृसतात्मक छ । हरेक ठाउँमा पुरुषहरुकै हालिमुहाली छ । साहित्यमा पुरुष शोषक प्रकारको चरित्रमा देखिनुको पछाडिको कारण यही हो । यो इतिहाससँग जोडिएको विषय हो ।

पहिला पूजीको विकास भइसकेको थिएन । औधोगिक परिवर्तन भएको थिएन । पहिला जसको धेरै सन्तान भयो उसले प्रशस्त खानेकुरा जम्मा गर्न सक्थ्यो ।

त्यसकारण महिलालाई सन्तान उन्पादनको केन्द्रमा राखियो । अब समय परिवर्तन भइसक्दा पनि पुरुषको त्यो धारणा बदलिएन । अनि पुरुष महिलामाथि हावी भए । मलाई त मेरा पुरुष पात्रप्रति दया लाग्छ । मेरो उपन्यास कुमारी आमामा मोक्ष भन्ने पुरुष पात्र छ । ऊ मलाई खुब मन परेको पात्र हो ।

उसको भूमिका ठूलो छैन । ऊ एउटा प्रेमी हो । प्रेमिकालाई धेरै नै प्रेम गर्छ । तर, प्रेमिकाले उसलाई छाडिदिन्छे । त्यसपछि ऊ बीचमै अलप हुन्छ । उसको खास भूमिका छैन । अनि बेला बेला त्यो पात्रलाई अन्याय गरेँ भन्ने ठान्छु र त्यसको माया लाग्छ ।

म महिलाको बारे लेख्छु । महिला र पुरुषको स’म्बन्धको बारे लेख्छु । तर आफूलाई मानवतावादी लेखक भन्छु । महिलाको आँसु बेचेर खाने पक्षमा छैन । आँसुलाई नै धेरै व्याख्या गर्नुपर्छ भन्ने लाग्दैन ।

हामी अठोट, विद्रोह र संघर्ष पनि गर्न सक्छौ भन्ने सोचलाई म बढी पछ्याउँछु । त्यसकारण म महिलावादी सँगसँगै मानवतावादी पनि हुँ । यसको अर्थ आँसु लेख्नु नराम्रो भनेको होइन । त्यसलाई व्याख्या कसरी गरिएको छ भन्ने हो । पुरुषले पनि आँसुका पुस्तक लेखेका छन् । जस्तो कृष्ण धरावासीले लेखेका धेरै कथामा महिलाका पीडालाई अगाडि ल्याउनु भएको छ ।

महिलाले मात्र आँसु बेच्ने होइन कि हाम्रो सामाजिक अवस्थाले महिलालाई त्यता लगेको छ भन्ने हो । त्यसो त नेपालमा महिला लेखक नै पनि धेरै छैनन् । महिला साहित्यकारलाई आदर्श मान्नुपर्दा पारिजातभन्दा अरु छैन

। पुरुषहरु धेरैअगाडिदेखि लेखक हुन सके उनीहरुकै दबदबा भयो । मेरो आफ्नो भने त्यस्तो आदर्श साहित्यकार कोही छैन । म साहित्यकार हुन्छु भनेर आएको पनि होइन । हाम्रो परिवारमा साहित्य भन्ने कुरा चराको नाम थाहा थिएन ।

खानदानमै एसएलसी पास गर्ने पहिलो मान्छे म नै हो । प्रेममा बिछोड भएर बिग्रिएकाले मात्र साहित्य लेख्छन् भन्ने बुवाको मान्यता थियो । मुनामदन पढ्दा च्यातेर फालिदिनुभएको थियो । त्यसकारण म संघर्ष गरेरै साहित्यमा आएकी हुँ । जबसम्म महिलाहरुले सम्झौता गरिरहन्छन्, तबसम्म पुरुषसँग स’म्बन्ध राम्रो हुन्छ । जब महिला आफ्नो खुसीले बाँच्न खोज्छन् अनि सम्बन्ध बिग्रिन्छ । त्यसकारण हाम्रो सामाजिक बनावटले महिलालाई अप्ठेरोमा पारेको छ ।

त्यसलाई तोड्न खोज्दा पुरुषलाई सहन गाह्रो हुन्छ, अनि स’म्बन्ध बिग्रन्छ । यसमा महिलाको भन्दा बढी सामाजिक बन्धनलाई मान्यता दिने पुरुषको हात छ । महिलाको पनि स्वतन्त्र अस्तित्व छ, लागेको कुरा लेख्न पाउने बोल्न पाउने काम गर्न पाउने अधिकार छ । यो कुरा श्रीमानहरुले स्विकार गरिदिनुभयो भने स’म्बन्ध थप प्रगाध होला । महिलाले सम्बन्ध नबिगारी लेखक बन्न सक्छे ।
महिला र पुरुषबीचमा संघर्ष र सहकार्य दुवै हुन्छ ।

पुरुषलाई जस्तै महिलालाई पनि पुरुषप्रति आकर्षण हुन्छ । तर, त्यसलाई प्रदर्शन गर्नसक्ने वातावरण हुँदैन । तर म ‘विवाह गरिहाल्नुपर्छ । विवाह नगरे सृष्टि चल्दैन भन्ने पक्षको मान्छे होइन । विवाह भनेको एउटा अखडा मात्र हो । सिन्दूर पोते लगाएर ‘फलानाको श्रीमती हुँ भनिनुपर्ने बन्धन मलाई मन पर्दैन । अब आवश्यकता महसूस भएको दिन विवाह हुनपनि सक्ला । महिला साहित्यकार अनुपम रोशी

प्रकाशित मिति ११ चैत्र २०७७, बुधबार ०२:३०