भनेकै समयमा ग’र्भ ब स्नको लागि यो समयमा यौ’ न स म्पर्क ग र्नुप र्छ : डा. स बिना सि म्खडा

काठमाडौं । नेपालमा पछिल्लो समय बाँझोपन एक जटिल समस्याको रुपमा देखिएको छ । यसमा महिला र पुरुष दुबैको गल्ती हुने जानकारहरु बताउँछन ।

लामो समय देखि डा. सबिना सिम्खडा यस क्षेत्रमा काम गर्दै आइरहेकी छिन् । उनले बात्सल्या आईभिएफ फर्टिलिटी सेन्टर खोलेको करिब तीन बर्ष भयो ।

उनले यो तीन बर्षमा हजारौं निःसन्तानको पीडा खेपेका महिलाहरुलाई आमा बन्न सहयोग गरेकी छन् ।

निःसन्तानपन भएर उपचारको लागी नेपाल बाहिर जानेहरुलाई नेपालमै उपचार सम्भव छ भनेर देखाएकी छिन् । पछिल्लो समय निःसन्तानपनको बारेमा जनचेतना फैलाउँदै त्यसबाट जोगिन समेत डा.सिम्खडा आग्रह गर्छिन् ।
बिहे गरेको एक बर्ष सम्म पनि कुनै पनि अस्थायी साधनको प्रयोग बिना शारिरक सम्पर्क गर्दा बच्चा बसेन भने बाँ’झोपना हुने उनी बताउँछिन् ।

उमेर जति बढ्दै गयो उत्तिकै बाँ’झोपना हुने सम्भावना धेरै हुन्छ । उमेरको हकमा ३० बर्ष माथि अझ बढी जोखिम हुने सम्भावना रहन्छ ।

दैनिक जस्तो शारिरिक सम्पर्क गर्दा वा म’हिनावारी भएको १० देखी २० दिन भित्र सम्पर्क हुँदा पनि बच्चा बसेन भने तुरन्त सम्बन्धीत चिकित्सकलाई देखाउनु पर्ने उनले सुझाएकी छिन् ।

पहिले नेपालका बिरामीहरु भारत जान्थे तर अहिले भारतबाट बाँ’झोपनाको उपचार गर्न नेपाल आउने गरेको डा.सबिनाको अनुभव छ ।

उनको क्लिनिकमा पनि धेरै भारतीयहरु आएर सेवा लिएका छन् । -janaboliबाट साभार

प्रकाशित मिति १६ चैत्र २०७७, सोमबार ०४:३८