कुन बार जन्मेको व्यक्तिको व्यवहार कस्तो ?

मानिसको चालचलन लगायत अन्य गतिविधिहरु जन्मवार, महिना र समयले निर्धारण गरेको हरन्छ । को कुन बार र कति बेला जन्मेका हुन्, उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् । कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको चरित्रको विषयमा विभिन्न श्रोतबाट जानकारीहरु लिएका छौ
आइतबार :

आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।
तपाईहरु अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।

निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ ।
तपाईहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।

तपाईहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।
तपाई पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ ।

तपाई कनै पनि कुरामा सम्झौता गर्नुहुन्न ।
तपाई सौन्दर्यलाई मन पराउनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् ।
तपाईको रुपरंगमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।

तपाई आफ्नो सम्बन्धलाई निकै सम्मान गर्नुहुन्छ त्यसकारण मानिसहरु तपाईंको झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु तपाईलाई छोड्न चाहन्नन् ।
सोमबार :
सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।

तपाई मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ ।
तपाई निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ । तपाईलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।
तपाईका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।
तपाई पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ ।

सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।
सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।

तपाई आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।
हुन त तपाई सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ ।
मंगलबार :

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।

यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।

उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।
यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।

यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।

उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।

प्रकाशित मिति ३१ चैत्र २०७७, मंगलवार २३:१९