लगातार बढ्दै सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढिरहेको छ । आइतवार तोलामा २ सय रुपैयाले बढेको सुनको मूल्य सोमबार पनि ३ सय रुपैयाले बढेको हो

आइतबार तोलाको ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ३ सय रुपैयाले बढेर तोलाको ९१ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार सुनको मूल्य तोलाको ९० हजार ५ सय रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलाको १३ सय रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस
काठमाडौं धेरै मानिसहरुको चाहना हुन्छ आइफोन बोक्ने। तर त्यसको लागि बचत जरुरी छ किनभने आइफोन महँगो हुन्छ। तर बेलायतमा एक व्यक्ति भने भाग्यशाली सावित भए।

उनले अनलाईनमा स्याउ खान मन लागेर स्याउको लागि डिजिटल पेमेन्ट गरेका थिए तर जब उनको घरमा आइफोन आइपुग्यो उनी तीनछक्क परे। ट्विकेनह्यामका निक जेम्स

खाद्य सामग्री बोक्ने झोलामा नयाँ आइफोन देखेपछि अलमल्लमा परेका थिए। द मिररका अनुसार ५० वर्षका जेम्सले टेस्कोबाट स्याउ मगाएका थिए। झुक्किएर भने उनलाई आइफोन दिइएको थिएन।

उनलाई आइफोन एसइ उपहार स्वरुप दिइएको रहेछ। टेस्कोले आफ्ना ग्राहकको लागि आइफोन, एयरपोड तथा समसुङका उत्पादनहरु उपाहार स्वरुप दिँदा जेम्स आइफोन पाउने भाग्यशाली ग्राहक बनेका हुन्।

यो पनि पढ्नुहोस

वैशाख, नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा इलाम बस्ने २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका–५ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका–२ स्थित गुम्बामा बस्ने ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका–२५ बस्ने ७२ वर्षीय हिमलाल न्यौपाने रहेका छन् ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
दुर्घटनामा घाइते भएका ३१ यात्रुमध्ये तीन जनाको गएराति उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

घाइतेहरुको भरतपुर तथा नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको बस शनिबार साँझ आफैं अनियन्त्रित भई दाउन्नेमा दुर्घटना भएको थियो । सडकबाट तल भीरमा बस खसेकाले घाइतेको उद्धारमा

समेत कठिनाइ भएको थियो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले घाइतेको उद्धार गरेका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रकाशित मिति ६ बैशाख २०७८, सोमबार ०६:००