डा. अनिल भन्छन् – मुटु रो`ग लागेको छ कि छैन यसरी आफै, थाहा पाउन सकिन्छ”

“अहिले विश्वमा सबै भन्दा बढी मानिस मुटु रो,गका कारण प्रभावित भएका छन् । व्यस्त जीवन शैली, अस्वस्थ खानपान, व्यायाम, योग, लगायको कमीका कारण पनि मानिसहरुमा मुटु सम्बन्धी रो,ग लागिरहेको छ ।
“संसारभरीमै सबभन्दा बढी मानिसको मृत्यु मुटुरोगले हुनेगर्छ ।

मुटुरो,ग प्रा,णघा,तक रो,ग हो, तर समयमै उचित उपचार नहुनु यसको जटिलताको प्रमुखकारण मानिन्छ । जनचेतनाको कमिले मुटुरो,गको समयमै पहिचान नभएर लाखौ मानिस असामयिक मृ,त्युको शिकार हुनपुग्छन् ।

अधिकांश मुटुरो,ग र यसका लक्षणहरु सामान्य व्यक्तिले पनि पत्ता लगाउन सक्छन् । मुटुरो,ग विशेषज्ञहरुले पनि यिनै लक्षणहरुको आधारमा मु,टुरो,ग भए नभएको पत्ता लगाउँछन् । लक्षणहरुकै आधारमा केहीजाँचहरुको मद्दतले मुटुरो,गको निदान गर्ने गरिन्छ ।

यी लक्षणहरुको बारेमा सामान्य जानकारी भएका आफ्नो मात्रै होइन नजीकका व्यक्तिलाई पनि सही सल्लाह दिएर प्रा,ण,घा,तक मुटुरो,गको समयमै पहिचान र उचित उपचार गर्न सकिन्छ ।
“छाती दुख्नु, मुटु ढुकढुक हुनु, स्वाँस्वाँ हुनु, खुट्टा सुन्निनु, बेहोश हुनु र बढी थकाइ लाग्नु, मुटुरो,गका प्रमुख लक्षणहरु हुन् । तर कुनै एउटा लक्षण हुँदैमा मुटुरो,ग नै भयो सोच्नु गलत होला ।

लक्षणहरुको राम्रो विश्लेषण (समीक्षा) गरेमा सामान्य व्यक्तिले पनि मुटुरो,ग भएको शंका गरेर र आवश्यकता अनुसार चिकित्सको परामर्श लिन सक्नेछन् ।

लक्षणलाई समीक्षा गर्नुभन्दा अगाडि व्यक्तिमा मुटुरो,गका जोखिमहरु के कति छन् पत्ता लगाउनु जरुरी हुन्छ । चुरोटको सेवन, मुधुमेह, उच्च,र,क्तचाप, उच्चकोलेस्ट्रोल, मोटोपना, अत्याधिक म,दीरापान, मानसिक तनाव, वंशाणुगत (परिवारमा मुटुरो,ग),उमेर ४० भन्दा बढी (पुरुष) र ५० भन्दा बढी (महिला)आदि रिस्क फैक्टर्स (जोखिमहरु) को बारेमा जानकारी लिनुपर्छ । एक भन्दा बढी जोखिमहरु भएमा मुटुरो,गको झन् बढी संभावना हुन्छ ।

रिस्क, फैक्टर्स बढी भएको व्यक्तिमा लक्षण साधारण भएपनि मुटुरो,गकै शंका पहिला गर्नुपर्दछ । त्यसैगरी, रिस्क फैक्टर्स नभएका व्यक्तिमा अरु रोगको शंका पहिला गर्नु ठीक हुन्छ ।

छाती दुख्नु/ पोल्नु वा ,दबाबको अनुभव गर्नु मुटुरो,गको प्रमुख लक्षण मानिन्छ, तर यस्ता लक्षणको कारण पेटको समस्या (ग्यास्ट्रिक), मांसपेशी/करंङ्गको दुखाई, फोक्सो आदिले पनि हुनसक्छ ।

मुटुको दुखाई हिंडदा वा उक्लिदा बढ्ने र आराम गरेपछि कम हुने प्रकृतिको हुन्छ । खोक्दा, दुखेको ठाउँमा दबाउदा, हल्लिदा, सासफेर्दा मुटुको दु,खाईमा परिवर्तन हुँदैन र मुटु बाहेकका कारणमा यस्तो हुनसक्छ । मुटुको दु,खाइ छातीको बीच वा द्रेब्रे भागको ठूलो हिस्सामा दुख्ने, घाँटी वा हातमा दुखाई सर्ने हुन्छ । छातीको सानो भागमा ५ वर्ग से.मी. क्षेत्रफल भन्दा कम भएमा प्राय: मुटुको नभएर मांसपेशीको दुखाइ ले हुन्छ ।

मुटुको दु,खाई ,कहिलेकाँही माथिल्लो पेटमा (ग्यास्ट्रिकको ठाउँ) पनि हुनसक्छ । छाती दुख्नु संगसंगै पसिना आउनु, स्वाँस्वाँ हुनु, मुटु ढुकढुक पनि भएमा मुटुरो,गको कारणले हो बुभ्mनु पर्छ । स्वाँस्वाँ हुनुको कारणमा फोक्सो, मोटोपना, गर्भावस्था, शारीरिक निष्कृयता, रगतको कमि (एनिमिया) प्रमुख हो तर मुटु कमजोर भएमा (हार्टफेल्योर), र,क्तचाप अत्याधिक भएमा पनि, स्वाँस्वाँ हुनसक्छ ।

प्राय: उत्तानो सुत्दा बढ्ने हुन्छ वा अलिकति हिड्ने बित्तिकै स्वाँस्वाँ हुनु, थकाइलाग्नु मुटुरो,गको लक्षण हुनसक्छ । आफ्नो उमेरको हिसाबले (दुरी/गति) हिड्न नसक्नु वाबीचमा रोकिने अवस्था आउनु मुटुरो,गको लक्षण हुनसक्छ ।

मुटु ढुकढुक, हुने प्रमुख कारण मानसिक तनाव, रगतको कमि, मोटोपना, दुब्लोपना, अनियन्त्रित रक्तचाप, गर्भावस्था, शारीरिक निष्कृयता आदिले हुन्छ । यस्तो अवस्थामा कामगर्दा, हिड्दा ढुकढुक बढ्ने र आराम गर्दा कमहुने गर्दछ ।

तर मुटुरो,गको कारणले ढुकढुक ,जुनसुकै बेला हुनसक्छ, प्राय: केही सेकेण्डको लागि मात्रै धड्कन रोकिएको जस्तो वा जोड्ले धड्किने वा छातीको बिचमा हलुङ्गो हुने वा स्वाँस रोकिएको जस्तो अनुभव हुने गर्दछ ।

खुट्टा सुन्निने,प्रमुख कारण मोटोपना, गर्भावस्था, उभिराख्ने वा बसिराख्ने पेशा, मृगौला र मुटुरोग हुन्छ । सिकिस्त कारण भएमा खुट्टा संगसंगै पेट र अनुहार पनि सुन्निएको हुन्छ ।

प्राय: उच्चरक्तचापको औषधिले पनि यस्तो हुन्छ, जुन सामान्य मानिन्छ । खुट्टा सुन्निएको संगसंगै स्वाँस्वाँ भएमा वा अन्य लक्षण देखिएमा मुटु र मृगौलाको जाँच जरुरी हुन्छ ।

“बेहोश हुनु वा बेहोश हुन खोज्नु मुटु/मस्तिष्क/मानसिक आदिकारणले हुनसक्छ । स्वस्थ व्यक्ति बेहोश भएमापनि एकपटक जाँच गर्नुपर्छ तर मुटु वा अन्य दीर्घरोगी बेहोश हुनु सिकिस्त कारण हुनसक्ने भएकोले तुरुन्त जाँच र उपचार गर्नु उचित हुन्छ ।

थकाई लाग्नु सामान्य पनि हुनसक्छ, तर आफ्नो दैनिकीमा अत्याधिक थकाइ लाग्नुको केहीकारण हुनसक्छ । भिटामिन डीको कमी, मोटोपना, अनिन्द्रा बाहेक मुटुरोग पनि एक कारण हुनसक्छ ।

मुटु कमजोर हुनु (हार्ट फेल्योर), धड्कन बढी हुनु, जन्मजात रोगहरु र बाथ मुटुरोगमा यस्तो लक्षण हुनसक्छ । थकाई संगसंगै अरु लक्षण पनि देखिएमा परामर्श लिनु जरुरी हुन्छ ।
डा. ओममूर्ति अनिल
मुटुरोग विषेशज्ञ
डा. ओममूर्ति अनिल डट्कमबाट

प्रकाशित मिति ६ बैशाख २०७८, सोमबार ०६:०८