विश्वकै मोटी महिला जसले २५ वर्षदेखि देखेकी छैनन् बाहिरी संसार

एजेन्सी– विश्वमा विचित्रका विभिन्न घटनाहरु सार्वजनिक हुन्छन् । त्यस्तै घटनामध्ये एउटा घटना यस्तो छ- जहाँ एउटा महिलाले २५ वर्षदेखि बाहिरी संसार देखेकी छैन् ।
कारण हो– उनको मोटाइ ।

विश्वकै सवैभन्दा मोटी यी महिलाको तस्वीर अहिले सामाजिक संजालमा भाइरल बनेको छ । इजिप्टकी ३६ वर्षीय इमान अहमद अब्दुलाती २५ वर्षदेखि घर बाहिर निस्किएकी छैनन् ।

अढाइ दशक यता अधिकांश समय उनी आफ्नै ओछ्यानमा रहँदै आएकी छन् । पछिल्लो समय बाहिरी दुनियाँ कस्तो छ भनेर झ्यालबाट चिहाउन पनि नसक्ने अवस्थामा छिन् उनी । किनकी उनी आफ्नो शरीर नै थेग्न नसक्नेगरी मोटाएकी छन् ।

धेरै वर्षअगाडि हराएको एउटा मूल्यवान औंठी एउटा गाजरले लगाएको भेटिएपछि औंठी मालिक चकित परेकी छिन् ।

१६ वर्ष पहिला म्यारी ग्राम्सले क्यानाडाको अल्बर्टामा आफ्नो बगैंचामा हीराको औंठी हराएका थिए ।
यो पनि पढ्नु होस:- यो सन् २००४ को कुरा हो र अहिले मेरीको उमेर ८४ वर्ष छ। क्यानाडा डेलीमा छापिएको समाचारअनुसार, यति धेरै समय बितेपछि उक्त औंठी फेला पर्ने आशा समाप्त नै भइसकेको थियो । तर, केही समय अगाडि उनले उक्त औंठी आफ्नै बगैंचामा एउटा गाजरसँगै फेला पारिन् ।

मेरीले औंठी हराएको कुरा अहिलेसम्म लुकाएरै राखेकी थिइन् । हराएको घटनाका बारेमा मेरी आफ्ना पतिसम्मलाई पनि बताएकी थिइनन् । तर, उनका छोरालाई यसबारेमा थाहा थियो ।
मेरीकी बुहारीले बगैंचामा गाजर उखल्दा उक्त रहस्यबाट पर्दा हट्न पुग्यो ।

वर्षौंसम्म माटोमा रहेको औंठी बुहारीलाई गाजरमा फसे’को अवस्थामा भेटियो । त्यसरी निकै अघि हराएको औंठी भित्र पछि लगाएको गाँजर उम्रिएको थियो ।

मेरीले औंठी हराएको घटना लुका-उन बजारबाट एउटा उस्तै देखिने सस्तो खालको औंठी किनेकी थिइन् । कुनै बेला आफ्नी सासु बस्ने गरेको उक्त फार्ममा बस्न आएकी मेरीकी बुहारी कालिन डेलीलाई गाजर खान मन लागेपछि उनले उक्त गाजर उखेलेकी थिइन् ।

प्रकाशित मिति ६ बैशाख २०७८, सोमबार ०८:४०