हट एण्ड सेक्सी अवतारमा ‘काउलीबुढी’, हेर्नुहोस् १५ तस्बिर

पोखरा- चर्चित हाँस्यकलाकार तथा गायिका सन्ध्या बुढा बास्ताविक नामभन्दा पनि ‘काउली बुढी’ नामले चर्चित छिन् । उनी सामाजिक सञ्जालमा निकै क्रियाशील हुन्छिन् ।

इन्स्टाग्राममा उनको फलोअर ११ हजार बढी छन् भने फेसबुकमा ८५ हजार बढी फ्यान फ्लाइङ छ ।
चर्चित लोक तथा दोहोरी गायिका सन्ध्या बुढा को लोकप्रियता लोभलाग्दो छ, उनी गायिकाका साथसाथै कुशल कार्यक्रम प्रस्तोता पनि हुन् ।

वास्तविक नाम भन्दा उपनामले धेरै चिनिने कलाकार सन्ध्या नेपाल आइडल सिजन २ मा सहभागी भएपछि चर्चाको शिखरमा पुगेकी थिइन् ।

चर्चित गायन रियालिटी शो नेपाल आइडलको सिजन २ मा टप ट्वेन्टी अर्थात् पियानो राउन्डका लागि भएको प्रतिस्पर्धाका क्रममा उनी थिएटर राउन्डबाटै बाहिरिएकी थिइन् ।

तर जहाँबाट उनी धेरैको मनमुटुमा बस्न सफल भइन् ।नेपाल आइडलमा आएपछि उनी सेलिब्रेटी भइन् । सन्ध्याले निरन्तर मेहनत गरिरहने हो भने भने चर्चा कमाउन धेरै समय नलाग्ने पनि प्रामणित गरिन् ।

सुर्खेतकी २५ वर्षीया ‘काउली बुढी’ चर्चित लोक गायिका पनि हुन् । उनको आवाजमा दर्जनाै लोकदोहोरी गीत छन् । केही गीतमा आफैँले अभिनय समेत गरेकी छिन्।

प्रकाशित मिति ६ बैशाख २०७८, सोमबार १५:०८