केहि कुरा जानी राखौ गर्भवति महिलाले भुलेर पनि नखानुहोस् करेला र अन्य यि खानेकुरा

काठमाडौं कतिपय स्वस्थ मानिने खानेकुरा पनि गर्भवती आमाका लागि विष सावित हुन सक्छ ।   यस्ता खाना नखान डाक्टरको सुझाब हुन्छ ।

यस्ता खानाले गर्भ तुहिनेसमेत खतरा हुन सक्छ स् तितेकरेला स्वस्थकर मानिन्छ ।

तर, गर्भवती महिलालाई भने करेला विष पनि साबित हुन सक्छ ।

तितेकरेला खानाले पेटमा भएको शिशुलाई मात्र हानि पुर्‍याउँदैन कि गर्भ तुहिने खतरासमेत हुन सक्छ । गर्भवती आमाले भुइँकटरको पनि सेवन गर्नु हुँदैन ।
यसमा ब्रोमेलिन भन्ने तत्व हुन्छ ।

जसले गर्भवती आमाको स्वास्थ्यलाई फाइदाभन्दा बढी हानि पुर्‍याउँछ ।नेपालमा चाइनिज खाना निकै प्रचलित छ । तर, यसमा सोडियम ग्लुटामेट तत्व हुन्छ ।

यस्तो खाँदा गर्भ तुहिने खतरा पनि बढ्दै जान्छ । गर्भवती आमाले मेवा पनि खानु हुँदैन ।

अत्यधिक मात्रामा मेवाको प्रयोगले पनि गर्भ तुहिन सक्छ। के खाने रु राज्मा गर्भवती आमाका लागि फाइदाजनक हुन्छ ।

यसमा फोलेट नामक तत्व हुन्छ र यसले शिशुको वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेल्छ । गर्भवती आमाले केरा खाँदा पनि निकै फलदायी हुन्छ । केरा सर्वसुलभ पाइने हुँदा पनि यसको प्रयोगलाई बढाउँदा राम्रो हुन्छ ।

यसमा आइरन, फाइबर हुन्छ, जुन गर्भवती आमाका लागि आवश्यक तत्व हो ।

गर्भवती महिलाले पनिरको पनि नियमित प्रयोग गर्नुपर्छ । पनिरमा अत्यधिक क्याल्सियम हुन्छ, जसले आमा र शिशु दुवैको हाडलाई बलियो बनाउन मद्दत पुर्‍याउँछ ।

गर्भवती महिलाले खजुरको पनि नियमित प्रयोग गर्दा हुन्छ यसले आमालाई एनेमिया (रगतको कमी) हुनबाट बचाउँछ ।
गर्भवती आमा सधैँ

प्रकाशित मिति २० बैशाख २०७८, सोमबार ०१:२५