किन आफ्नै श्रीमानलाई नपुंसक बनाउने औषधी खुवाउदैछन यि महिलाहरु

काठमाडौं। चीनका महिलाहरुले आफ्ना श्रीमानलाई थाहै नदिइ चुपचाप रुपमा नपुंसक बनाउने औषधि खुवाइरहेको खुलासा भएको छ ।

यी महिलाहरुले आफ्ना श्रीमानले आफूलाई धोका नदिउन् भनेर यस्तो गरिरहेको समेत खुलासा भएको छ ।

आफ्ना श्रीमानले आफूलाई धोका नदेउन् र अरु महिलाहरुसँग लसपस नगरुन् भनेर महिलाहरु आफ्ना श्रीमानलाई नपुंसक बनाउने औषधि खुवाइरहेको पाइएको छ

ग्लोबल टाइम्सको एक रिपोर्टअनुसार चीनका महिलाहरुले आफ्ना श्रीमानलाई लुकाएर यस्तो औषधि खुवाइरहेका छन् जसबाट श्रीमान नपुंसकताको सिकार बनुन् र अरु महिलाहरुतर्फ ध्यान नदिउन् ।

ग्लोबल टाइम्सका अनुसार एक लेखमा चीनका ती श्रीमतीहरुको कामको खुलासा भएको छ जसमा ती महिलाहरुले आफ्ना श्रीमानलाई डाइथिलस्टिलबेस्ट्रोल नामको औषधि खुवाएको बारेमा विस्तारमा उल्लेख छ ।

डाइथिलस्टिलबेस्ट्रोल एक प्रकारको सिन्थेटिक एस्ट्रोजेन भएको बताइएको छ जसले पुरुषहरुमा नपुंसकता बढाउँछ र उनीहरुलाई यौनिक रुपमा उत्तेजित हुनबाट रोक्छ । चीनमा पछिल्लो समय यसप्रकारका घटना भएका कुराहरु सामाजिक संजालमा पनि निकै चर्चामा छन् । वीच्याटमा प्रकाशित एक लेख अनुसार केही महिलाहरुले अनलाइनबाट औषधि अर्डर गरेका छन् । उनीहरुले त्यो औषधि चुपचाप आफ्ना श्रीमानलाई खाना वा पेय पदार्थमा मिसाएर खुवाइरहेका छन् । बताइएअनुसार यो औषधि खुवाएपछि बाहिर अरु महिलाप्रति आँखा लगाउने श्रीमानहरुले आफ्नी श्रीमतीलाई धोका दिन छोडे ।
लेखमा केही महिलाहरुको पृष्ठपोषण पनि लिइएको छ । यसमा एक महिलाले औषधिलाई प्रभावकारी भएको बताएकी छिन् । विश्व स्वास्थ्य संगठनले यो औषधिलाई कार्सिनोसनको रुपमा पहिचान गरेको छ । एक महिलाले भनिन् ‘मैले जब यो औषधि मेरा श्रीमानलाई खुवाउन सुरु गरें, औषधिले २ हप्तापछि असर देखाउन सुरु गर्यो ।’ यी महिलाले अहिले आफ्ना श्रीमान घरमै रहने र आफूसँग राम्रो व्यवहार गर्ने दावी गरिन् ।

अर्कोतर्फ यो लेख सामाजिक संजालमा भाइरल भएपछि अनलाइन प्लेटफर्मबाट यो औषधि गायब भएको छ । अनलाइनबाट सामान बेच्ने धेरै लोकप्रिय प्लेटफर्मबाट यो औषधि हराएको छ ।

जियाक्सिआंग मर्निङ हेराल्डका अनुसार केही ठाउँहरुमा अहिले पनि सेतो पाउडरको रुपमा यो औषधि बेचिँदैछ । यो औषधि गन्धहीन छ र पानीमा अत्यन्तै छिटो घुल्छ । रिपोर्टका अनुसार एक पसलले १ महिनामा १ सय भन्दा धेरै ग्राहकलाई यो औषधि बेचेको थियो ।

पसलमा काम गर्नेहरुको दावीअनुसार यो औषधिले सामान्य रुपमा १५ दिनमा असर देखाउन सुरु गर्छ । यो औषधिले बनाउने नपुंसकता स्थायी भने हुँदैन । यो औषधि लिन बन्द गरेपछि २१ दिनमा पुनः यौन क्षमता फर्किने बताइएको छ ।

तर, विशेषज्ञहरुले भने यी पत्नीहरुले आफ्ना पतिमा कुनै शारीरिक हानी भए आपराधिक कानुनको सामना गर्नुपर्ने कुरालाई ध्यानमा राख्नुपर्ने बताएका छन् ।

त्यस्तो अवस्थामा अनलाइनबाट बेच्नेहरुमाथि पनि कारवाही हुने र सम्बन्धित स्वास्थ्यकर्मीको लाइसेन्ससमेत रद्द हुन सक्ने विज्ञले चेतावनी दिएका छन् ।

प्रकाशित मिति २० बैशाख २०७८, सोमबार ११:५९