पुरुषसँग मेरो पहिलो रात ! जब उसले मलाइ कसेर समात्यो…त्यसपछि खै के भयो ?

तसलिमा नसरिन- मयमनसिंहमा प्राइभेट कोठा नपाइए पनि ढाकामा पाइन्छ भनेर रुद्र भनिरहन्थ्यो । तर, म कसरी ढाका जान सक्थेँ र ! रेलमा चढेर एक्लै जान त सक्थेँ होला, तर घरबाट अनुमति देलान् र ! अन्त्यमा सान्दाइ मयमनसिंह आएका वेला ढाका जान जिद्दी गरेँ ।

‘पहिलो वर्षको जाँच पास गरेको प्रमाणपत्र लिन ढाका जान्छु,’ भनेँ । ढाका पुग्नेबित्तिकै ‘एकजना साथीलाई ढाका विश्वविद्यालयको होस्टेलमा भेट्न जान्छु’ भन्दै सान्दाइको कोठाबाट हिँडेँ ।

र, सीधै रुद्रको कोठा गएँ। तर, रुद्र खुसी भएन। खुसीमा उफ्रिनु वा पीडामा आँसु झार्नु रुद्रका लागि असम्भवप्रायः थियो ।

शिरदेखि पाउसम्म ऊ रूखको ठुटोजस्तै थियो । ऊ आफ्ना अनुभूति बाहिर देखाउँदैनथ्यो । रुद्रले मलाई साडी लगाउन दियो ।

सेतो साडीमा स–साना फूलका बुट्टा थिए । पेटीकोट र ब्लाउज पनि साडीसँग मिल्ने थिए । रुद्रकी बहिनी विठीले छानेकी थिई यो साडी । रुद्र आफैँले मलाई साडी छानेर कहिल्यै दिएको थिएन ।

पहिले उसले दिएको हरियो सुती साडी पनि उसकी साथी मुक्तिलाई छान्न लगाएको थियो ।

मचाहिँ रुद्रलाई जन्मदिनमा दिने उपहार आफैँ छानेर किन्थेँ । कुन रङको सर्टसँग कुन रङको पेन्ट मिल्छ, म आफैँ छान्थेँ । अरूलाई साडी छान्न लगाउँदा रुद्र मेरो रूपरंगबारेमा भन्ने गर्थ्यो, अलि कालीखालको केटीलाई जुन सुहाउँछ, त्यही ।’

रुद्रले मुक्ति र विठी दुवैलाई हाम्रो गुप्त बिहेबारेमा भनेको रहेछ ।

त्यो रात उसले मलाई चाइनिज रेस्टुरेन्ट लिएर गयो। खाना खाएर हामी फर्कियौँ। मैले हाम्रो बिहेबारेमा कसैलाई बताएकी थिइनँ । रुद्रचाहिँ बिस्तारै सबै मान्छेलाई बताउन थालिसकेको थियो ।

त्यो रात मैले रुद्रकोमा बस्नुपर्ने भयो । तर, मैले जानुपर्ने थियो । सान्दाइलाई एक घन्टामा आउँछु भनेर हिँडेकी थिएँ । सान्दाइकोमा जान खोज्दा रुद्रले भन्यो, दाइकोमा जाने कुरा नगर । तिमी मेरी श्रीमती हौ । यही नै तिम्रो सबभन्दा ठूलो परिचय हो ।’

‘तर, यो परिचयले म अहिले बाँचेको जिन्दगी बाँच्न सक्दिनँ ।’ ‘तिमी अवश्य सक्छौ ।’ ‘तर, मैले सान्दाइलाई आफू झुनू सानिमाकोमा थिएँ भनेर झुट बोल्नुपर्छ ।’ ‘त्यसो भए पीर नगर ।

म झुनू सानिमालाई कुरो मिलाउन आग्रह गर्छु ।’
‘तर, सानिमा माल्लिन् र ?’ ‘किन नमान्नु र मैले सकेको गर्छु ।’ त्यो रात मैले रुद्रसँग बिताउनै पर्ने भयो । यो रुद्रको माग, आदेश, आग्रह, इच्छा, सबै थियो ।

रुद्रले भन्यो, ‘आज तिमी मलाई सम्पूर्ण रूपमा चाहिन्छ ।’ ‘सम्पूर्ण भन्नाले।’ ‘‘सम्पूर्ण भनेको सम्पूर्ण । पछिका लागि केही बाँकी नराखी ।’ यसको अर्थ बुझेर मेरो मुटु हल्लियो ।

मैले गलत गरिरहेको छैन भनेर आफूलाई आश्वस्त पार्न खोजेँ । वैधानिक रूपमै म आफ्नो लोग्नेसँग रात बिताउन गइरहेकी थिएँ ।

मेरै उमेरकी हसिना त त्यसो गर्न सक्छे भने मचाहिँ किन सक्दिनँ त ? मेरै कक्षाकी मन्दिराले पनि सहपाठी सौकतसँग गोप्य बिहे गरेकी थिई ।

ऊ पनि सौकतको कोठामा गएर रात बिताउँछे भन्ने हल्ला चलेको थियो । अन्त्यमा त्यो रात आयो । रुद्रले मलाई उसको कोठामा लग्यो ।

सर्ट, पाइन्ट खोलेर लुंगी मात्रै बेर्‍यो र बत्ती निभायो । त्यसपछि मलाई बोकेर ओछयानमा लगेर पल्टायो । म मनमनै भनिरहेकी थिएँ, ‘अब तेरो बिहे भइसक्यो । बिहेपछि लोग्नेसँग सुत्नुपर्छ ।

तैँले सुत्नैपर्छ । सबै केटीको नियति यही हो ।’ सडक–बत्तीको उज्यालो झयालबाट भित्र पसिरहेको थियो ।

मलाई त्यो उज्यालो चन्द्रमाको प्रकाशजस्तो लाग्यो । म रुद्रलाई माया गर्थें । ऊ मेरो लोग्ने थियो । रुद्रतिर ढाड फर्काएर एकैपोको परेर पल्टिएँ म । मेरो गुडुल्किएको शरीरलाई रुद्रले आफूतिर तान्यो ।

म होइन, खाली मेरो प्राणविहीन शरीरमात्र रुद्रको अँगालोमा बेरियो । मेरा हात छातीमा लपक्कै टाँसिए। रुद्रले निकै बल गरेर छातीबाट मेरो हात हटायो ।

म काँपिरहेकी थिएँ । रुदले मेरो ओठमा गहिरो चुम्बन गर्‍यो । मेरो ओठ बाक्लो र गह्रौँ भएजस्तो लाग्यो ।
नचाहँदा–नचाहँदै पनि म रुद्रलाई जोडजोडले धकेलिरहेको थिएँ । रुद्रले एक हातले मेरो ब्लाउजको टाँक खोल्यो ।

उसको ओसिलो जिब्रो मेरो छातीमा चलमलाउन थाल्यो । अस्तव्यस्त साडीमा अल्भिएर म उसको अँगालोमा निस्सासिरहेँ । ‘हेर केटी, आफ्नो लोग्नेले भनेअनुसार गर । खुट्टा फाडेर राख ।

यही नै त हो तरिका ’ मैले आफूलाई बारम्बार यसो भनिरहेँ । त्यसपछि मैले पूरै शरीर छाडिदिएँ । आँखा चिम्लँदै म आफू त्यहाँ नभएको परिकल्पना गरेँ । ‘

यो मेरो शरीर होइन । यहाँ जे–जस्तो अश्लील काम भइरहेको छ, त्यसमा म पटक्कै संलग्न छैन। यो म होइन। यो अरू कसैको शरीर हो,’ म यस्तै–यस्तै सोचिरहेकी थिएँ ।

त्यसपछि रुद्र ममाथि उक्लियो । अब मेरो आँखामात्रै होइन, सासै बन्द भयो । तैपनि, यसलाई मैले आफ्नै लोग्नेले गरेको स्वाभाविक प्रक्रिया भनेर चित्त बुझाउन खोजेँ । तर, मेरो यो मनचिन्ते विचारको प्रक्रियालाई तोडेर घाँटीबाट चिच्चाहट निस्कियो ।

रुद्रले दुवै हातले मेरो मुख बन्द गरिदियो । मलाई असहय पीडा भयो । रातभर रुद्रले हरेक तरिका अपनायो । सामान्य रूपमा अपनाइने सबै विधि अपनायो, तर हरेकपटक रातलाई चिर्दै ऐआ मरेँ भनेर म चिच्चाउन छाडिनँ ।

प्रत्येकपटक मेरो चित्कारलाई रोक्न रुद्रले मेरो मुख थुन्नु पर्‍यो । जब यो कहालिलाग्दो रात सकियो, थकित मैले साडी फेरेर कुर्ता–सुरुवाल लगाउँदै भनेँ, ‘म जान्छु ।’ मुन्टो निहुर्‍याउँदै आँखा झुकाउँदै मेरो बेकामे शरीर लिएर म टाढा जान चाहन्थेँ । रातको डर, लाज र घिनले बिहान पनि मलाई छाडेन ।

अपराधबोध पनि भयो मलाई । रुद्र मलाई ‘रुद्र’ जस्तै लाग्यो ।

मेरो लोग्नेजस्तो कति पनि लागेन । घर छिर्ने वेला बाटोमा उसले भन्यो, ‘राति नाटक नगरेकी भए राम्रो हुन्थ्यो ।’ त्यसबाहेक उसले केही भनेन ।

न त मैले नै केही भनेँ । म रातिको घटनालाई सम्भिएर चुपचाप बसेँ । त्यो सबको साटो बरु रातभरि पढेर, गफ गरेर, कविता वाचन गरेर वा निश्चल चुम्

प्रकाशित मिति २० बैशाख २०७८, सोमबार २३:३०