धर्तीकै अनौठो ठाउँः जहाँ शरिरको यो एक ‘अङ्ग’ फालेर मात्र बस्न पाइन्छ !

यो दुनियाँमा एउटा यस्तो ठाउँ पनि छ, जहाँ यदि तपाई‌ले आफ्नो शरीरको अप्रेसन गरेर एपेन्डिक्स काटेर फ्याँक्नुभएको छैन भने बस्न पाउनु हुन्न ।

दुनियाँमा कहीँ नभएको यस्तो अनौठो नियम अन्टार्कटिकाको भिल्लास लास एस्ट्रेलास भन्ने गाउँमा छ ।
उक्त गाउँमा लामो समयसम्म बस्न इच्छा गर्ने मानिसले त्यसअघि आफ्नो शल्यक्रिया गराएर एपेन्डिक्स फ्याँक्नु पर्दछ ।

जीउमा काम नलाग्ने अंग हो एपेन्डिक्स । यो अंगमा सं-क्रमण भएर वा अन्य कुनै समस्या भएमा जुनसुकै बेला पनि का-टेर फ्याँक्नुपर्ने हुनसक्छ । त्यसैले त्यो काम नलाग्ने अंगले दु:ख नदेओस् भनेर सो अंगलाई का-टेर फ्याँकेरै मात्र उक्त गाउँमा प्रवेश दिइन्छ ।

गाउँमा छिरिसकेपछि एपेन्डिक्सकै कारण ज्यान गुमाउनु नपरोस् भन्नका लागि सो नियम बनाइएको हो । यस्तो नियम राख्नुको एउटा मुख्य कारण चाहिँ उक्त गाउँको नजिकमा अस्पताल नहुनु नै हो ।

गाउँको सबैभन्दा नजिकको अस्पताल भनेकै एक हजार किलोमिटर टाढा रहेको छ ।

उक्त अस्पताल सम्म पुग्नका लागि बरफका पहाड तथा खतरनाक बाटो भएर गुज्रनु पर्दछ । त्यहाँ पनि केही मात्र डाक्टर छन् । शल्य चिकित्सक छैनन् ।

प्रकाशित मिति १६ जेष्ठ २०७८, आईतवार ०७:०१