काठमाडौंमा डरलाग्दो घटना, प्रहरीले परिचालन गर्यो तालिमप्राप्त कुकुर

काठमाडौँ- काठमाडौंको नयाँबस्तीमा बो’रा भित्र पो’को पा’रेर फा’लिएको अवस्थामा शव फेला परेको छ ।

प्रहरीका अनुसार बो’रा’मा श’व भेटिएको सूचनापछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार बो’रा’मा शव भेटिएको सूचनाका आधारमा प्रहरी घटनास्थल पुगेको हो ।

एसपी बस्नेतले भने, ‘नयाँ बस्तीमा बो’रा भि’त्र राखेको अवस्थामा शव भेटिएको सूचना आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । अहिले कसको शव हो, घटना के हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’ ह’ ‘त्या गरेर शव फालेको हुनसक्ने आ’शंकामा अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए । अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ ।

आजदेखि कहाँ गएर खोप लगाउने भन्ने अन्यौल छ?
काठमाडौँ महानगरपालिकाले आज ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिने तयारी गरेको छ । खोप लगाउने कार्य बिहान १० बजेदेखि कामपाका ३२ वटै वडामा केन्द्र तयार गरिएको छ । चौँसठ्ठी वर्ष उमेर पुगेका नागरिकले आफूलाई पायक पर्ने केन्द्रमा पुगी खोप लगाउन सकिने बताइएको छ ।

खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ । यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्नेछ ।कामपाले खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरेको हो ।

सहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै आज ६४ वर्ष उमेर समूहलाई, जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन तालिका सार्वजनिक गरेको छ ।यसअघि कोभिडको सङ्क्रमण भइसकेको भए एक महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र
खोप केन्द्रमा जान सूचनामा भनिएको छ ।

सरकारले कोभिड विरुद्धको खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने पेशाकर्मी, दीर्घरोगी आदिलाई प्राथमिकताका आधारमा समूह विभाजन गरेर खोप दिँदै आएको छ ।

यसक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, प्राध्यापक, सार्वजनिक सवारी चालक र सहचालकसहित ६५ वर्षदेखि माथिल्लो उमेर समूहका र १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिएको थियो ।

यसअघि यही जेठ २ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो । जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप कार्यक्रमबाट करिब एक लाख नागरिक लाभान्वित भएका थिए ।प्रत्येक वडामा एउटा खोप केन्द्रको व्यवस्था गरिएको छ ।

वडा नं १ मा नन्दी रात्रि स्कुल नक्साल, २ मा वडा कार्यालय लाजिम्पाट, ३ मा वडा कार्यालय महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र, ४ मा वडा कार्यालय बालुवाटार, ५ मा वडा कार्यालय हाँडीगाउँ, ६ मा महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय बौद्ध, ७ मा वडा कार्यालय मित्रपार्क चावहिल

, ८ मा गोल्डेन लाइट पार्टी प्यालेस जय बागेश्वरी, ९ मा अनुपम फुडल्याण्ड बत्तीस पुतली, १० मा म्याक डोनाल्ड पार्टी प्यालेस मध्यबानेश्वर, ११ मा विश्व निकेतन उच्च माध्यमिक विद्यालय त्रिपुरेश्वर, १२ मा बुद्ध माई अस्पताल टेकु रहेका छन् ।

प्रकाशित मिति २७ जेष्ठ २०७८, बिहीबार ०८:०२