तिजको चर्चा- दर, गहना र ब्रत :शशी के.सी

तिज आउन अव केही दिनमात्र बाँकी छ। हुन त तिजको चर्चा शुरू भएको १-२ महिना नै भयो। यसो सोचेको बर्षभरि बिभिन्न चा’डपर्व हामी मनाउँछौं तर तिज कै चर्चा धेरै जताततै।

सकारात्मक चर्चा धेरै भएको भए त ठिकै थियो,तर यति धेरै नका’रात्मक र दिक्क लाग्ने टिकाटिप्पणी गरेर बोलेको,लेखेको देख्दा त लाग्छ, यो तिज प’र्व छिट्टै नै सकियोस्।

अव कुरा गरौं तिजमा खाने/ खुवाइने दरको। खासमा परा’पुर्वकाल देखिको चलन, तिजको अघिल्लो दिन माइतीले (बाबु आमा,दाजुभाइ) छोरी/चेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठा-मीठा परिकार खुवाउने साथै मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलनलाई नै दर खानु/ खुवाउनु भनिन्छ। अनि दर मध्यरात १२ बजेअघि खाने चलन छ।

भोलिपल्ट दिनभर पानी स’म्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढिलास’म्म बसेर पेटभरी खाने प्रचलन बसेको हो । हो उहिले हाम्रा बिबाह, नाता सम्बन्ध, एक गाँउदेखि अर्को गाँउ, हदै भए एक जिल्लादेखि अर्को नजिकको जिल्लामा वा पुर्व’तिरका पु’र्वैतिर हुन्थ्यो।तिजको अघिल्लो दिन दर खान/ खुवाउन स’म्भव पनि भयो।

हाम्रा हजुरआमाका पुस्ताका जिन्दगी नै घरको चोकाचोटी गर्दै बित्यो, कतिकात म’हिनावारी पनि नहुँदै सानै बच्ची हुँदै बि’बाह भए (किन बि’बाह छिट्टो गरियो भन्दा, क’न्यामै क’न्यादान गर्दा मरेपछि बै’कुण्ठ पुगिन्छ रे। मैले न’बुझेको सानी बच्चीको हाँस्ने खेल्ने अ’धिकार खोसेर जिन्दगी नरक मै पु’र्याएर,कस्तो चैं बै’कुण्ठ पुग्ने चाहाना हो) खैर,त्यो चलन हाम्रा आमा पु’स्तासम्म आई पुग्दा प’रिवर्तन भयो।

छोरी/ चेलीलाई घरमै सीमित राख्नै हैन की अ’क्षर चिन्ने बनाउनु पर्छ, पढाउनु पर्छ। हो हाम्रा आमाहरू पढे, लेखेको वा अक्षर चिन्ने हुनुहुन्छ धेरै जसो।अब कुरा गरौं हाम्रो पु’स्ताको, हामी त पढ्ने,लेख्नेमात्र होर,पु’रूष जत्तिकै गर्न सक्छौ भनेर घर परिवार सबैले हौशला, हि’म्मत दिए।गर्यौं पनि उन्नति, बिभिन्न पेशामा आवद्ध छौं।

जति घरभित्रको काममा निपुण छौं,त्यति नै घर बाहिर आ-आफ्ना पेशामा। कति हामीले त पढ्ने/ जागिर खाने क्र’ममा पहिले घर छोड्यौं,गाँउ छोड्यौं,जिल्ला छोड्यौं, हुँदाहुँदा त देशै छोडेर बिदेशिएका पनि छौं। अब,अहिलेको समयमा यसरी विदेशिएका छोरी/ चेली हामी, हो कस्लाई पो रहर नहोला र तिजको अघिल्लो दिन माइत गएर दर खाने! तर त्यो स’म्भव छ त।

जहाँ बसेका छौं तेहीं आफ्नो समाज,जो जो छन् नजिक उही इ’ष्टमित्र,आफन्त। ‘सकभर त तिजको अघिल्लो दिन नै दर खान कोशिश त गर्छौं, नमिल्दा, सबैलाई मिल्ने दिन पारेर दर खान्छौं, कहिले सबैले पैसा उठाएर, कुनै रे’स्टुरेन्टबाट किन्ने, कहिले सबैले एकएक चिज बनाएर लग्ने र मिलेर खाने, नाच्ने, कोहीसँग त धेरैपछि भेटिएको हुन्छ, गफगाफ यस्तै त हो।

यसरी मिलाउँदा मिलाउँदै दर त तिज आउन १-२ महिना अगाडी नै हुन पनि सक्छ। प्रशंग आउँदा, कतै लेखिएको पढेको,दर खान जाने भनेको माइतमा गएर, घरमा के के दुख भयो त्यो माइतीलाई रूदैं सुनाउँदै, मिठो मिठो त्यहाँ खाएर, बिरहका गितमा नाँच्दै मनाउने हो रे। ल भो अव, होला उहिले त महिलालाई धेरै थिचोमिचो गर्थे, गए होलान माइती, रोएपनि होलान, माइतीपनि सँगसँगै रोए होलान, कठै भन्दै।

अहिले त , दुख,कसैलाई नपरोस, परि नै हालेपनि माइती गएर भन्यो भने त, “हेर नानी, हामी तिमीलाई पुरै सहयोग गर्छौं, तिमी पढेलेखेकि छौ, राम्रो नराम्रो सबै छुट्याउन सक्छौ,जे उचित लाग्छ, तेही गर्नु, हिम्मत नहार्नु” भन्लान्, सँगसँगै कता रूनु अव गहनाको कुरा। मेरो बिचारमा उहिले म’हिलाहरूलाई अचल/ पु’र्खौली स’म्पत्तिमा कुनै अ’धिकार थिएन, तर अहिले बि’स्तारै कानुन प’रिवर्तन हुँदै।

स’म्पत्तिस’म्बन्धि। छोरी/ चेलीहरूलाई दिने भनेको नै बि’बाहमा केही गर-गहना, केही लुगाफाटो,घरमा चाहिने सा’मान, गा’ग्री,खड्कुलो आदी न हो। गहनाहरू दिनुको कारण, आपत बिपत पर्दा तेही गहना धरौटी/ वा बेचेर पनि म’द्दत हुन्छ। अथवा उसको गहनामा त हक हुन्छ आदी होला केही।

हुन पनि कुरा त ठिकै हो, हामी तिजमा म’हिलाले यती,उती गहना लगाएमात्र भन्छौं, तर आ’पत,बि’पत पर्दा होस् वा जग्गा जमिन किन्दा, घरै बनाउँदा, केटाकेटी पढ्न बिदेशै पठाउँदा नै किन नहोस वा तु’रून्तै पैसा चाहिने अ’वस्था हुँदा तिनै म’हिलाको गहना काम आएको देख्न, सुन्न पाइन्छ।

यहि अमेरिकामा पनि शुरूशुरूमा सपरिवार आउँदा, एकैपटक सबैको प्ले’नको टिकट, साथै केही पैसा, काम नपाइन्जेलको लागि चाहिन्छ भनेर लेराएको,अरूसँग सरसापट नगरि गहनाहरू बेचेर भन्ने पनि सुनियो साथीभाईबाट।साथै तिजमा सारीमा चट्टक परेर गर-गहना लगाउँदा राम्रै पनि त देखिन्छ सबैलाई।

अब रहयो ब्रतको कुरा। जसरी दर खाने/ खुवाउने तरीका प’रिमार्जित हुँदै गए, तेसरी नै ब्रत बस्ने तरीका पनि प’रिमार्जित हुँदैछ, हुन पनि जरूरी छ समय अनुसार। उहिले पो महिलाहरूका कामधाम सबै घरमै सीमित थियो। तिजको ब्र’त भनेपछि अरूदिन भन्दा छुट हुन्थ्यो,सबैको सहयोग पनि, अनि सबैले मिलेर ब्रत, पुजाआजा, मन्दिर जाने/आउने गर्दा, दिनभर केही नखाई भोकै बसेको पनि याद नै हुँदैन थियो होला।

हुन त अहिले पनि तिजको दिन नेपालमा म’हिलाहरूलाईमात्र बिदा दिइन्छ। तर अहिले चाहे नेपाल होस वा हामी बिदेशमा बस्ने महिला, धेरै जसो हामी कामकाजी, कुनै न कुनै पेशा अपनाई रहेका छौं। ब्रत पनि पक्कै लिन्छौं, नसकिने पनि त होइन, तर आ’वश्यक नै नपर्ने कुरा,किन पुरैदिन पानी पनि नपिएर लिने, जति सकिन्छ गर्ने ।

अ’न्तमा तिजको शुभकामना सबै दिदीबहिनीलाई, उहिले रूँदै, रूँदै माइत गएर तिज मनाउँथे भने ! अहिले हाँसी,खुशी, नाच्दै तिज मनाऔं, ग’र्व गरौं आफैमा !!
शशी के.सी

प्रकाशित मिति १८ भाद्र २०७८, शुक्रबार ११:५२