विष्णु माझीको मा’इतीघर पुग्यो प्र’हरी, सार्वजनिक नहुनुको रह’स्य यस्तो रहेछ (हेर्नुहोस)

गायिका बि’ष्णु मा’झीको स्वरमा समावेश ‘चरी जेलैमा’ बोलको गीतले २ करोड बढी भ्यूज पाइसकेको छ ।

सामाजिक संजालमा भाइरल नै भएको यो गीत सार्वजनिक भएसँगै उनको अवस्थाको बारेमा पनि चासो व्यक्त गरिएको थियो । उनका शुभचिन्तक र श्रोताले चासो व्यक्त गरेपछि रा’ष्ट्रिय मानव अ’धिकार आयोगकले समेत यस बिषयमा ध्या’नाकर्षण भएको जनाएको छ ।

राष्ट्रि’य मानव अ’धिकार आयोगले स्याङ्जा प्रशासन कार्यलयलाई माझीको अवस्थाबारे वुझ्न निर्देशन दिएको थियो । मानव अधिकार आयोगको पत्र प्राप्त भएपछि प्रशासनले उनको अवस्थाबारे वुझेको छ ।

स्या’ङ्जाको चा’पाकोटमा रहेको विष्णुको माइतीघरमा प्रहरीको टो’ली पुगेर सोधपुछ गर्दा उनी लामो समयदेखि माइतीघर नआएको पाइएको छ ।

स्याङ्जाका एसपी होबिन्द्र बोगटीका अ’नुसार, राष्ट्रिय मानव अधिकार आयोगकले माझीको अवस्थाबारे चासो व्यक्त गरेपछि प्रहरीले सोधपुछ गरेको अनलाइनखबरलाई बताए ।

२ बर्ष अगाडि गा’यिका विष्णु माझी र उनका श्रीमान् सुन्दरमणी अधिकारी स्याङ्जा प्रशासनमा उपस्थित भएर आफ्नो भनाई राखेका थिए । सो समयमा गायिका माझीले आफू कुनै दबाबका कारण नभई रहरले नै सार्वजनिक रुपमा हि’डडुल नगरेको बताएकी थिइन् ।

फेरि, गीतको चर्चासँगै गायिका माझीको बिषयमा सर्वत्र चासो व्यक्त गरिएको छ । नेपाली सांगीतिक क्षेत्रमा सुपरहिट गीत दिएकी गायिका माझी लामो समयदेखि सार्वजनिक रुपमा देखिएकी छैनन् ।

उनले, गीत गाउने क्रममा समेत कालो पर्दा लगाएर गाउने गरेको खबरहरु सार्वजनिक भैरहेका हुन्छन् ।

प्रकाशित मिति २८ भाद्र २०७८, सोमबार १३:२९