साेमपाल कामीकाे टिम चितवनले जित्याे इपीएल काे उपाधी सहित ५० लाख

पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग टि-२० को उपाधि जितेको छ। चितवनले पहिलो पटक लिगको उपाधि जितेको हो।

टियु अन्तर्राष्ट्रिय मैदानमा सम्पन्न खेलमा पोखरा राईनोजले दिएको ११२ रनको लक्ष्य चितवनले ६ विकेट गुमाएर १५.५ ओभरमा भेटायो। जितसंगै चितवनले ५० लाख रुपैयाँ समेत हात पार्यो भने पोखरा राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्यो।

भिम शार्कीले सर्वाधिक ६३ रन बनाए जुन क्रममा ४५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। यस्तै दिलिप नाथले १८, राजेश पुलामीले १४ तथा मोहम्मद शहजादले ११ रन बनाका थिए।

लक्ष्य पछ्याउने क्रममा चितवनको सुरुवात खराब रह्यो। पहिलो ओभरमै हसिम अन्सारी खाता नखोली नन्दन यादवबाट क्याच आउट भए। त्यसपछि करिम जनत र मोहम्मद शहजादलाई किशोर महतोले क्याच आउट गराए। २०/३ को अवस्थाबाट भिम शार्की र दिलिप नाथले ५४ रनको साझेदारी गरे।

१२ औं ओभरमा दिलिपलाई किशोरले क्याच आउट गराए। त्यसपछि भिमले राजेश पुलामीसंग २३ रनको साझेदारी गरे। पुलामी १५ औं ओभरमा नन्दन यादवबाट आउट भए भने भिम १६ औं ओभरमा किशोर महतोबाट क्याच आउट आउट हुँदा टिम जित नजिक पुगीसकेकको थियो।

पोखराको बलिङ्गमा किशोर महतोले सर्वाधिक ४ विकेट ( ३.५-०-२७-४ ) लिए भने नन्दन यादवले २ विकेट  ( ४-०-२६-२ ) लिए।

टियु अन्तर्राष्ट्रिय मैदानमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको पोखराले १७.५ ओभरमा १११ बनाएको थियो। पोखराको लागि असेला गुनरत्नेले सर्वाधिक ३४ रन, रिचर्ड लेभीले २६ रन ताता कप्तान बिनोद भण्डारीले २२ रन योगदान दिए।

पोखरा ओपनर लेभी र रावलले ३७ रनको ओपनिंग साझेदारी गरेका थिए। चौंथो ओभरमा लेभीलाई करिम जनतले क्याच आउट गरे। लगत्तै ओभरमा रित गौतमलाई कमल सिंह ऐरीले क्याच आउट गराए। छैठौं ओभरमा उत्कृस्ट लयमा रहेका सहान अराचिगेलाई कप्तान सोमपालले क्याच आउट गराउदै चितवनलाई खेलमा हावी गराए।

बिपिन रावललाई पनि जनतले क्याच आउट गराए। पाँचौ विकेटको लागि असेला गुनरत्नेले बिनोद भण्डारीसंग ४५ रन जोडे। १४ औं ओभरमा गुनरत्नेलाई सेक्कुगे प्रसन्नाले क्याच आउट गराए।

लगत्तै ओभरमा लयमा रहेका विवेक यादवलाई कमलले क्याच आउट गराए भने सोहि ओभरमा लोकेश बम पनि क्याच आउट भए। त्यसपछि पोखरा खेलमा फर्कन सकेन।

प्रकाशित मिति २३ आश्विन २०७८, शनिबार ०६:५५