कतार,साउदी अरब,मलेसियामा काम गरी फर्किएका पुरुषहरु अब बाउ बन्न नपाउने?

खाडीको चर्को गर्मीमा श्रम गर्नेहरुको शुक्रकीटमा ह्रास आएको खबर आज अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।खाडीबाट फर्कने २०प्रतिशतपुरुषहरुमा शुक्रकीटको गुण र संख्यामा ह्रास आएको परीक्षणहरुले देखाएका छन्

समाचार अनुसार कतार साउदी अरब र मलेसियामा काम गरी फर्केका युवा र तिनका पत्नी परामर्श तथा उपचारका लागि अस्पताल एवं निःसन्तान केन्द्रमा धाउने गरेका छन्।

हरेक प्रजनन योग्य पुरुक्षमाऔसत प्रतिमिलिलिटर दुई करोडभन्दा बढी शुक्रकीट हुनुपर्छ।

अन्नपूर्ण लेख्छ– खाडी मुलुकमा काम गरी फर्केका १५ देखि २० प्रतिशत पुरुषमा त्योभन्दा कम संख्यामा शुक्रकीट देखिएको छ। यी हुन् शुक्रकिट मार्ने र पुरुषलाई बाँझो बनाउन सक्ने चिजहरु के तपाइँले निकै कसिलो पेन्टी लगाउनुहुन्छ ।चाउमिन खाँदा सोयाको सस बढि नै खानुहुन्छ अनि काखमा ल्यापटप राखेर लामै समय चलाउनुहुन्छ ?

खबरदार, यदि यसो गरिरहनुभएको छ भने तपाइँले थाहा नपाइकनै आफ्नो पुरुषत्व कमजोर बनाइरहनु भएको छ।किनकी यी वस्तुहरुले तपाइँको शुक्रकिट नष्ट गरिरहेका हुन्छन् ।

एक अध्ययन अनुसार विश्वमा हरेक ५ मा एक जना पुरुषमा विर्यमा शुक्रकिटको मात्रा कम हुने समस्या देखिन थालेको छ। एक मिलिमिटर विर्यमा डेढ करोड भन्दा कम शुक्रकिट हुनुलाई शुक्रकिटको कमी अर्थात् लो स्पर्म काउन्ट भनिन्छ ।

त्यस्तै हरेक ६ मध्ये एक जना दम्पत्तिमा चाहेको बेला गर्भाधारण नै नहुने समस्या देखिन थालेको छ जसको मुख्य कारण पर्याप्त शुक्रकिटको अभाव तथा शुक्रकिटको गुणस्तर पनि कमजोर हुनु रहेको शोधकर्ताहरुले बताउँछन् ।
सुपरड्रगले विभिन्न चिकित्सा अध्ययनहरुको आधारमा तयार पारेको इन्फोग्राफिकले पुरुषको विर्यमा शुक्रकिटको गिरावट हुने कारणहरुको बारेमा देखाइएको छ ।

प्रकाशित मिति २७ आश्विन २०७८, बुधबार ०४:५८