Sunday, July 3, 2022
Home > स्वास्थ > मोटोपन भएका व्य’क्तिले लुगा लगाउँदा ठूलो पेट कसरी लुकाउने

मोटोपन भएका व्य’क्तिले लुगा लगाउँदा ठूलो पेट कसरी लुकाउने

मोटोपन आधुनिक जीवनशैलीमा सबैको लागि समस्या बनिरहेको छ। सुन्दर देखिने प्र’तिस्पर्धा बढिरहेको समयमा लुगा लगाउँदा मोटोपनले व्यक्तित्वमा असर गर्ने डर पनि उत्तिकै हुन्छ।

तर, यदि लुगालाई मिलाएर लगाउन जानियो भने मोटोपनलाई पनि लुकाउन सकिन्छ। आजकल हाइवेस्ट लेगिङ्ग्स र जेगिङ्ग्सको चलन आएको छ। जुन मोटोपन भएकाहरुको लागि फाइदाको पक्ष हो।

लो वेस्ट अथवा कम्मर मुनीको भागमा लगाउने पाइन्ट लगाउँदा पेट बाहिर निस्किन्छ र व्यक्ति झन् मोटो देखिन्छ। यदि हाइ वेस्ट लगाउने हो भने पेट सबै कपडा भित्र बस्छ र टप्स बाहिरबाट पेट देखिंदैन।

त्यस्तै, पेट लुकाउनको लागि ए लाइन टप्स लगाउनुपर्छ, जसमा छातीको भाग ठिक्कको र तलको भाग फुकेको हुन्छ। यदि स्कर्ट लगाउने चाहना छ भने स्कटलाई नाभी देखि माथी लगाउने र टप्स स्कर्ट भित्र पार्ने गर्नुपर्छ।
किन बढ्छ तौल र मोटोपन ?

विभिन्न अध्ययनमा के देखिएको छ भने, मोटोपन बढ्नुमा बाह्य कारण मात्र जिम्मेवार छैन । कतिपय अवस्थामा यो बंशानुगत रुपमा आउने गर्छ । जस्तो, बावुबाजे मोटा छन् भने त्यसको प्रभाव उनीहरुको सन्तानमा पनि देखिन्छ । यद्यपी यो सबैमा हुदैन।

खासमा अहिलेको खानपान र जीवनशैली नै मोटोपनको कारण हो । चिल्लो, चाप्लो, मसलेदार खानेकुरा, जंक फूड, कोल्ड डि्रंक आदिको जथाभावी सेवनले मोटोपन बढाएको बताइन्छ । त्यस्तै निस्त्रिmय जीवनशैली, अस्वस्थ्यकर दिनचर्या यसको जिम्मेवार मानिएको छ ।
कसरी नियन्त्रण गर्ने मोटोपन वा तौल ?

मोटोपन घटाउन जीवनशैली र खानपानमा परिवर्तन ल्याउनुपर्छ । सन्तुलित खानपान र जीवनशैली एक प्राकृतिक विकल्प हो, जसले मोटोपन एवं तौल नियन्त्रण गर्न सकिन्छ । अतः यहाँ इजी वेट लस टिप्स दिइएको छ ।
खानपान
मोटोपन वा तौल नियन्त्रणका लागि खानपान कटौती गर्छन् । फास्टिङ गर्छन् । यद्यपी यसले शरीरमा आवश्यक पोषणको कमी हुन्छ । त्यसैले तौल घटाउनका लागि खानपानमा कटौती गर्ने होइन ।

बरु, स्वस्थ्य र सन्तुलित खानेकुरामा जोड दिनुपर्छ । पानीको सेवन बढाउनुपर्छ । पानी र फलफूल सेवन गरेपछि अतिरिक्त खानेकुरा नियन्त्रण हुन्छ । यसले स्वतः तौल नियन्त्रणमा सहयोग पुग्छ ।

दिनचर्या
निस्किय दिनचर्या मोटोपन एवं तौल बढ्ने कारण हुन् । एकै स्थानमा लामो समय बस्ने । सुत्ने, उठ्ने अनियमित तालिका । राती अबेरसम्म बस्ने बानी । यी सबै आनीबानीले हो, मोटोपन बढाउने ।

त्यसैले तौल एवं मोटोपन नियन्त्रणका लागि सक्रिय दिनचर्या आवश्या हुन्छ । साथै व्यायाम गर्ने, पैदल हिँड्ने लगायत शारीरिक गतिविधिलाई बढाउनुपर्छ ।
इजी वेट लस टिप्स

१. दिनको सुरुवात कागती पानी वा कागती चियाबाट गरौं ।
२. कागती पानीमा मह मिसाएर पिउन सकिन्छ । यसले पाचनयन्त्र पनि राम्रो हुन्छ ।

३. तौल नियन्त्रणका लागि त्रिफलाचूर्ण उपयोगी हुन्छ । राती एक गिलास पानीमा आधा चम्चा त्रिफला चूर्ण मिसाएर राख्ने । बिहान यसलाई उमाल्ने र चिसो बनाएर पिउने ।

४. लौकाको जुसमा पुदिना वा तुलसीको पात मिसाएर पिउनुपर्छ ।

५. तौल नियन्त्रणका लागि भोजनमा गहुँ, आटा, रोटी भन्दा जौ, चनाको आटा उपयोगी हुन्छ ।

६. भोजनमा फाइबरयुक्त फलफूल जस्तो कि, मेवा, स्याउ आदि सेवन गर्ने ।

७. फ्याटी फूड जस्तो कि, बर्गर, मिठाई आदि सेवन नगर्ने ।
८. चियासँग ब्रेड, बिस्कुट आदि सेवन नगर्ने ।
९. अन्डा, मासु र समुन्द्री खाना नखाने ।
१०. कोल्ड ड्रिङ्क, प्याकेटको फुड्स, तेलयुक्त खानेकुरा सेवन गर्ने ।

११. चिया, चामल र आलुको सेवन कम गर्ने ।
१२. एकै स्थानमा लामो समय बस्नु भन्दा शारीरिक गतिविधि बढाउने ।

१३. बिहान वा रातीको खानापछि कम्तिमा १० मिनेट
टहल्ने ।

१४. तौल घटाउने व्यायाम जस्तो कि, पौडी, साइक्लिङ, बि्रस्क वाक, स्किपिङ, एरोबिक्स गर्ने ।

Leave a Reply

Your email address will not be published.