फ्रि फायर खेलमार्फत चिनजान गरी १३ वर्षिय बालिकालाई जबरजस्ती गर्ने एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका-८का २७ वर्षिय महेश उदाश रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ परेका उदाशले ती बालिकाबीच फ्रि फायरमार्फत चिनजान गरी बिस्तारै म्यासेञ्जरमा भिडियो कल तथा म्यासेजहरुबाट समेत कुराकानी गर्ने ।
र ति बालिकालाई विवाह गर्ने आश्वासन दिई पाल्पाबाट मोटरसाइकलमा काठमाडौं ल्याएर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।