Sunday, July 3, 2022
Home > धार्मिक > हरेक दिन अशुभ हुन्छ यो समय, भूलेर पनि नगर्नुहोस् शुभ काम, नत्र…

हरेक दिन अशुभ हुन्छ यो समय, भूलेर पनि नगर्नुहोस् शुभ काम, नत्र…

हरेक दिन अशुभ हुने यी समयमा भुलेर पनि नगर्नुहोस् शुभ कामको सुरुवात -हिन्दु शास्त्र अनुसार हिन्दु धर्मा वलम्बी हरुले हरेक शुभ कार्य गर्दा शुभ मूहूर्त हेर्ने परम्परा रहेको छ।

शुभ कामको लागि शुभ साइत जुराएर कामको सुरुवात गरे सफल हुने धार्मिक मान्यता रहेको कारण साइत जुराउने चलन रही आएको छ । अशुभ समयमा शुभ काम थालियो भने काममा सफलता हैन असफलता प्राप्त हुने विश्वास रहेको छ ।

जुन बेला राहुको समय चलेको हुन्छ त्यो समयमा शुभ कार्य गर्न नहुने धार्मिक मान्यता रहेको छ । शनिग्रहपछि अशुभ मानिएको राहुको छायाँले गर्दा अशुभ फल प्राप्त हुने गर्दछ ।

हरेक दिन राहु को समय ९० मिनेट हुने भएकाले त्यो समय मा कार्य गर्नु शुभ मानिदैन् ।

सर्यो दय देखि लिएर सूर्या स्सम्म आठौँ भागको स्वामीलाई राहु मानिन्छ।

त्यस कारण हरेक दिन राहुको सयम चलेको बेला शुभ कार्य गर्न नहुने बताएको छ । जान्नु होस् कुन समय हो त राहुको :

आइतबार राहुकालको समय बेलुका ०४:४५ देखी ६:१५ बजेसम्म रहनेछ

सोमबार राहुकालको समय बिहान ०७ :४५ देखी ९:१५ बजेसम्म रहनेछ।

मंगलबार राहुकालको समय दिउसो ०३:१५ देखी ०४:४५ बजेसम्म रहनेछ।

बुधवार राहुकालको समय दिउसो १२:१५ देखी ०१:४५ बजेसम्म रहनेछ।

बिहिबार राहुकालको समय दिउसो ०१:४५ देखी ३:१५ बजेसम्म रहनेछ।

शुक्रवार राहुकालको समय बिहान १०:४५ देखी १२:१५ बजेसम्म रहनेछ।

शनिवार राहुकालको समय बिहान ९:१५ देखी १०:४५ बजेसम्म रहनेछ।

Leave a Reply

Your email address will not be published.