रुकुम पश्चिमका प्रहरी हवल्दार रामजी खत्रीको निधन Rip Rip

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिम अन्तरगतको, अस्थायी ट्राफिक

प्रहरी पोष्ट झुल्नेटामा कार्यरत ३७ वर्षका प्रहरी हवल्दार रामजी खत्रीको निधन भएको छ ।

पुस २३ गते डिउटीमा रहेको बेला एक्कासी पेट दुखेपछि उहाँलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो

। एक जना प्रहरी जवानको साथमा परिवारसँगै तत्काल राति नै उपचारका लागि नेपालञ्ज पु¥याएको प्रहरी निरिक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

प्रहरी निरिक्षक शर्माका अनुसार खत्रीको उपचारकाक्रममा आइतबार बिहान ४ बजे निधन भएको हो ।

खत्रि मुसीकोट नगरपालिका वडा नं २ राउखेत निवासी हुनुहुन्छ ।

प्रकाशित मिति २९ पुष २०७८, बिहीबार ०२:१४